Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २२ असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

बालकोटको सांगीतिक माहौलमा मुग्ध ओली!

बालकोटको सांगीतिक माहौलमा मुग्ध ओली!

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक बाहेकका गतिविधिमा पनि आफूलाई सकेसम्म सक्रिय बनाउँछन्। त्यसो त पछिल्लो समय उनले आफूलाई व्यस्त बनाउने खालको राजनीतिक माहौल पनि बनेको छैन।

राजनीतिक माहौलबाट फुर्सदिला बनेका ओलीले बिहीबार साँझ आफ्नो निजी निवास बालकोटमा सांगीतिक माहौल जमेको जानकारी सामाजिक सञ्जालबाट साझा गरेका छन्। सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गर्दै उनले बिहीबार बेलुका आफ्नो निवासमा शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्यूतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारीसहित गायक शिशिर योगीले सांगीतिक माहौल जमाएको जानकारी दिएका छन्। 

निजी निवास बालकोटबाट ‘शुभ बिहानी’को सन्देश दिँदै ओलीले लेखेका छन्– ‘घरमा हिजो (बिहीबार) बेलुका संयोगवश सांगीतिक माहौल बन्यो। शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्यूतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनुभएको थियो। शास्त्रीय संगीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास! रमाइलो भयो, उहाँहरुलाई धन्यवाद।’

नेकपा एमाले अहिले संघीय संसद्‌मा प्रतिपक्षी दल छ। प्रदेशहरुमा पनि एमाले सरकार बाहिर नै छ। प्रतिनिधि सभा बैठक पनि साउन १५ गते सम्मका लागि स्थगित भएका कारण एमालेका लागि अहिले खासै राजनीतिक ‘बिजनेस’ छैन। 

पार्टीका आन्तरिक गतिविधिहरु पनि त्यति धेरै नभएका कारण ओलीले सांगीतिक माहौल सिर्जना गरेर आफूलाई व्यस्त बनाउनु परेको होला सायद!

प्रतिक्रिया

ट्रेन्डिङ