Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बालकोटको सांगीतिक माहौलमा मुग्ध ओली!

बालकोटको सांगीतिक माहौलमा मुग्ध ओली!

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक बाहेकका गतिविधिमा पनि आफूलाई सकेसम्म सक्रिय बनाउँछन्। त्यसो त पछिल्लो समय उनले आफूलाई व्यस्त बनाउने खालको राजनीतिक माहौल पनि बनेको छैन।

राजनीतिक माहौलबाट फुर्सदिला बनेका ओलीले बिहीबार साँझ आफ्नो निजी निवास बालकोटमा सांगीतिक माहौल जमेको जानकारी सामाजिक सञ्जालबाट साझा गरेका छन्। सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गर्दै उनले बिहीबार बेलुका आफ्नो निवासमा शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्यूतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारीसहित गायक शिशिर योगीले सांगीतिक माहौल जमाएको जानकारी दिएका छन्। 

निजी निवास बालकोटबाट ‘शुभ बिहानी’को सन्देश दिँदै ओलीले लेखेका छन्– ‘घरमा हिजो (बिहीबार) बेलुका संयोगवश सांगीतिक माहौल बन्यो। शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्यूतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनुभएको थियो। शास्त्रीय संगीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास! रमाइलो भयो, उहाँहरुलाई धन्यवाद।’

नेकपा एमाले अहिले संघीय संसद्‌मा प्रतिपक्षी दल छ। प्रदेशहरुमा पनि एमाले सरकार बाहिर नै छ। प्रतिनिधि सभा बैठक पनि साउन १५ गते सम्मका लागि स्थगित भएका कारण एमालेका लागि अहिले खासै राजनीतिक ‘बिजनेस’ छैन। 

पार्टीका आन्तरिक गतिविधिहरु पनि त्यति धेरै नभएका कारण ओलीले सांगीतिक माहौल सिर्जना गरेर आफूलाई व्यस्त बनाउनु परेको होला सायद!

प्रतिक्रिया

ट्रेन्डिङ