ताजा अपडेट
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ ।
बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।
‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं । त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ’, उनले भने ।
यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया