ताजा अपडेट
माओवादी बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेश हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेश हुने नेताहरुले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार विधान अधिवेशन मंसिरतिर र विशेष महाधिवेशन चैतभित्र गर्ने प्रस्ताव छ । यद्यपि केन्द्रीय समिति बैठकले त्यो मितिलाई अन्तिम टुंगो लगाउने छ ।
माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा आजदेखि सुरु हुँदैछ । सो बैठकले विधान अधिवेशन र विशेष महाधिवेशनको मिति टुंगो लगाउने छ ।
केन्द्रीय समिति बैठक अघि आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाबारे जानकारी गराएका थिए । सो एजेण्डामा विधान अधिवेशन र विशेष महाधिवेशनको समेत प्रस्ताव छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया