Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

‘ब्लु बस’माथि एमाले महासचिवको टिप्पणी– रविले भोटको सस्तो राजनीति गर्न खाेजे

‘ब्लु बस’माथि एमाले महासचिवको टिप्पणी– रविले भोटको सस्तो राजनीति गर्न खाेजे

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको टिप्पणी गरेका छन्। उपनिर्वाचन जितेको सय दिन पुगेको अवसरमा लामिछानेले चितवनमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा सुरु गरेको विषयप्रति सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनुपर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनुपर्दछ। तर, स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ,’ फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गरौँ ।

विश्वका धेरै देशमा महिला बन्द समाजमा जकडिएको  वेलामा समेत नेपाली समाजमा अधिकांश महिला सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको दाबी गर्दै पोखरेलले नेपाली समाजमा रूपान्तरणकारी सोच र कार्यक्रम आवश्यकता भएको उल्लेख गरेका छन्।

shakya.png

प्रतिक्रिया