Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १० कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय

नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय

काठमाण्डौ – नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो ।

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको डेङ्गी ४१ प्रतिशत देखिएको जानकारी दिनुभयो । महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ वटा नमुना परीक्षण गरेको थियो । परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ । उहाँले तीमध्ये सेरोटाइप–१ केहीमा र सेरोटाइप–३ पनि देखिएको बताउनुभयो ।

सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ । एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने उहाँको भनाइ छ ।

अहिलेसम्म नेपालमा डेङ्गी सङ्क्रमणका चारवटै स्वरूपका सेरोटाइप देखिएका छन् । एउटा स्वरूपको सेरोटाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ । ‘चारैवटै सेरोटाइप भिन्न भन्ने हुँदैन । जुन सेरोटाइप लाग्छ, त्यसले रोगविरुद्धमा लड्ने क्षमता विकास गर्दछ’, उहाँले भन्नुभयो, ‘तर एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको सङ्क्रमण भएपछि त्यसको लक्षण बढी खतरानक हुन्छन् ।’

डेङ्गी सङ्क्रमण दुईपटक लागेपछि बढी सङ्क्रामक हुन्छ । ‘पहिलोपटक सेरोटाइप–१ डेङ्गीको स्वरूप देखिएको छ भने अर्कोपटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ’, उहाँले भन्नुभयो, ‘यसरी पुनः डेङ्गी देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।’ डेङ्गी भाइरसको प्रोटिनको संरचनाका आधारमा सेरोटाइप छुट्याइने गरिन्छ ।

शाखा प्रमुख डा. दाहालले पहिलोपटक लागेको सेरोटाइपले शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताउनुभयो । महाशाखाका अनुसार पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबभन्दा बढी सुनसरीमा तीन हजार चार सय ८६ जनामा देखिएको छ । 

लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ । डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलमा लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्ने गर्दछ । 

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ