Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

निधिले देउवालाई भने- म सभापति उठ्ने हो, सहयोग गर्नुस्

निधिले देउवालाई भने- म सभापति उठ्ने हो, सहयोग गर्नुस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने जानकारी गराएका छन्।

देउवालाई उक्त जानकारी दिन निधि गत बिहीबार उनको निवास बुढानिलकण्ठ पुगेका थिए। करिब दुई घण्टा देउवा र निधिबीच ‘वान टु वान’ कुराकानी भएको थियो।

फागुन ७ गतेदेखि हुने यहि महाधिवेशनमा आफू सभापति उठ्ने तयारी गरेकोले अहिलेदेखि समर्थन गरी सघाउन निधिले सभापति देउवालाई भेटेरै जानकारी गराएको स्रोतको दाबी छ।भेटमा सभापति देउवाले यो महाधिवेशनमा आफूलाई नै सघाउन निधिलाई आग्रह गरेका थिए।

‘जवाफमा सभापति देउवाले यो महाधिवेशनमा त म नै उठ्ने हो, बरू बलियो साथ चाहिन्छ भन्नुभएको थियो,’ देउवा-निधि भेटबारे स्रोतले सेतोपाटीसँग भने, ‘अर्को चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी अगाडि बढ्न तपाईंलाई नै सघाउन अब सम्भव छैन। सर्वसम्मत नेतृत्व चयनका लागि मलाई समर्थन गर्नुहोस् भन्ने प्रष्ट कुरा निधिले राख्नुभएको हो।’

कांग्रेस महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरेर अगाडि बढ्न सके मात्रै अब आउने चुनावमा कांग्रेस पहिलो पार्टीका रूपमा फेरि उदाउने निधिको भनाइ थियो।

‘महाधिवेशनपछि आउने नेतृत्वले अब तीनै तहका चुनावमा कांग्रेसका पक्षमा माहौल सिर्जना गर्नुपर्ने जिम्मेवारी रहन्छ,’ निधि-देउवासँगको कुराकानीबारे उक्त स्रोतले भन्यो, ‘घात, अन्तरघातलाई रोक्न पनि महाधिवेशन सर्वसम्मत गर्नुपर्छ। पार्टी एकढिक्का बन्यो भने मात्रै मुखमा आएका चुनाव कांग्रेसको पक्षमा आउनेछ।’भेटमा निधिले देउवाकै साथ र समर्थनमा आफू सभापति उठ्न चाहेको बताएका थिए।

‘म सभापतिमा चुनाव उठ्छु। तपाईंकै समर्थन लिएर उठ्ने हो,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘१३ औं महाधिवेशनमा कोइरालाहरूबाट पार्टी नेतृत्व फुत्काउनु पर्‍यो भन्ने सहयोग मागेर सहयोग पनि गरेकै हुँ। त्यसबेला नै १४ औं महाधिवेशनमा मलाई सघाउने तपाईंको बचन थियो, सम्झनुस्। म उपसभापति भइसकेँ स्वभाविक रूपमा अब सभापति उम्मेदवार हुँ, पर्खने समय छैन।’

निधिका कुरा सुनेपछि देउवाले योपटक आफू नै सभापति बन्ने बताएका थिए। ‘यसपटक मलाई नै समर्थन गर्नुस् न,’ देउवाको भनाइ थियो, ‘यसपछि हाम्रो समूहबाट तपाईं नै त हो नेता। अरू को छ र? हतार किन गर्नुहुन्छ?’ देउवाले १५ औं महाधिवेशनमा सभापति उठ्न निधिलाई आग्रह गरेका हुन्।

‘तर निधिले सभापतिका कुरा मान्नु भएन। हिड्ने बेला सभापतिलाई म सभापति उठ्ने नै हो, तपाईंले सघाउनुपर्छ। तपाईंकै समर्थनमा म उठ्ने हो भन्ने कुरा दोहोर्‍याएर निस्कनुभएको हो,’ स्रोतले भन्यो।

यसबाट देउवालाई आफ्नै गुटबाट महाधिवेशनमा अप्ठेरो पर्ने देखिएको छ।

‘गगन थापालगायत युवा नेताले नेतृत्व छोड्नुस् भन्दा देउवाले किन छोड्ने भन्दै आक्रमक हुनुहुन्थ्यो। तर निधिले नेतृत्वका लागि ठाउँ खालि गर्न गरेको प्रस्तावमा देउवा त्यति धेरै आक्रमक देखिनुभएन। उहाँले यसलाई गम्भीर रूपमा लिएको हुनुपर्छ, निधिको सहयोगविना त अप्ठेरो छ भन्ने उहाँले बुझ्नुभएकै होला’ स्रोतले भन्यो, ‘अस्तीको छलफलमा मेरो भाग खोस्न आयो भन्नेजस्तो गरी देउवा आक्रमक हुनुभएन।’

निधिले आफू सभापतिमा उठ्ने तयारीबारे कांग्रेसका प्राय: सबै शीर्ष नेतालाई भेटेर जानकारी गराइसकेका छन्।

‘अब सभापति उठ्ने इच्छा भएकालाई यो कुरा झस्को पस्यो नै,’ कांग्रेसका एक नेता भन्छन्, ‘स्वयम देउवालाई नै प्रेसर क्रियट भएको छ।’

उपसभापति निधिले अब पार्टीको नेतृत्वमा युवा नेताहरू विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल, धनराज गुरूङलगायत आउने भएकोले १५ औं महाधिवेशनसम्म पर्खंने समय नभएको भन्दै तयारी सुरू गरेका हुन्।

निधिले युवा नेता पार्टीमा अब आउने र त्यसबाट आफ्नो पालो समेत अब नआउने स्थिति पैदा हुनेबारे देउवालाई राम्रोसँग बुझाउने कोसिस गरेको ती नेता बताउँछन्।

‘सभापतिले भनेजस्तो १५ औं महाधिवेशनसम्म कुर्न सकिन्न। अब विश्वप्रकाश, गगनलगायत आउँछन्,’ निधिलाई उद्धृत गर्दै स्रोत भन्छ, ‘सभापतिले १५ औं महाधिवेशनमा मात्रै उठ् भनेका कुरामा पुनर्विचार गर्नुपर्छ। १४ औं महाधिवेशनमै सहयोग गर्नुपर्छ।’

देउवासँग कुराकानी गरेर सिधै निधि पौडेल निवास बोहराटार पुगेका थिए।

‘अब म सभापति उठ्ने हो। देउवासँग कुराकानी गरेर आएँ। तपाईंले पनि मलाई सहयोग गर्नुपर्छ। म सर्वसम्मत हुने गरी महाधिवेशनबाट चयन भएर पार्टीलाई एक ढिक्का बनाउँछु,’ निधिले पौडेलसँग भने। निधिका कुरा सुनेर पौडेलले खासै प्रतिक्रिया जनाएनन्, नेतृत्वबारे उनी मौन नै रहे।

बरू उनले विभाग गठनलगायतमा सभापति देउवाले विधिविधान मिचेर काम गरिराखेकोले पार्टीलाई हित नगर्नेजस्ता कुरा निधिसँग राखेका थिए।

सभापति उठ्ने तयारी गरिरहेका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि निधिले दुई साता अगाडि भेटेर आफूलाई सभापतिमा सघाउन आग्रह गरिसकेका छन्।

जवाफमा महामन्त्री कोइरालाले आफूलाई सभापति बन्ने रहर नभए पनि राजनीतिक बाध्यता रहेकोले आफू पनि सभापतिको उम्मेदवार भएकोले सघाउन आग्रह गरेका थिए। सिंहले पनि नेविसंघदेखि राजनीति गर्दै आएकोले नेतृत्व परिवर्तन अहिलेको आवश्यकता रहेको र त्यसका लागि आफू योग्य भएकोले निधिसँग सहयोग मागेको स्रोत बताउँछ।

प्रतिक्रिया