Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०४ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कर्माचार्य एकीकृत समाजवादीबाट निष्कासित

कर्माचार्य एकीकृत समाजवादीबाट निष्कासित

काठमाडौं : नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई निष्कासन गरको छ।

 

कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उनलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

उनका अनुसार पार्टीका सम्पूर्ण कार्यकर्तालाई कर्माचार्यको गतिविधिको भ्रममा नपर्न बैठकले आह्वान गरेको छ। 

बैठकमा युवा विद्यार्थीलाई व्यवस्थित गर्ने एवं समसामयिक परिस्थिति, पार्टीको कार्यभार र विविध विषयमा छलफल भएको थियो। त्यसैगरी बैठकमा यही साउन २० र २१ गते बस्ने स्थायी कमिटी बैठकको आन्तरिक तयारीका बारेमा पनि छलफल भएको प्रमुख खतिवडाले जानकारी दिए।

पार्टीले आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ