Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नियुक्तिमा असन्तुष्टि

नियुक्तिमा असन्तुष्टि

काठमाडौं  : नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच गत सोमबार मन्त्रिपरिषद् बैठकले गरेको नियुक्तिका विषयमा विवाद भएको छ । अध्यक्ष दाहालले पार्टी विवाद सल्टाउन कार्यदल गठन गरेका बेला सरकारले फेरि रिपोर्ट नपर्खी नियुक्तिहरू गरेको भन्दै प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएका हुन् । 

सोमबारको मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्को उपाध्यक्षमा इलामका लोकनाथ सुवेदी, युवा व्यवसायी तथा साना कोषको उपाध्यक्षमा खोटाङका देवराज रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा कास्कीकी दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तै  सरकारले बेल्जियम र युरोपेली युनियनको राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तपास अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो । राजदूत नियुक्त गर्ने निर्णय गरिएका तीनै जना परराष्ट्र मन्त्रालयका कर्मचारी हन् । राजस्व बोर्डको प्रमुखमा पूर्वसचिव महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो । यसमध्ये प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारीलाई काम नलगाउन र पहिले कायम रहेकै किशोर श्रेष्ठलाई काम गर्न दिन सर्वाेच्चले बुधबार अन्तरिम आदेश जारी गरेको थियो । सोमबारका यी नियुक्तिहरूमा भोलिपल्टै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेट गरी आफ्नो असहमति रहेको जानकारी गराएका थिए  । 

बुधबार दाहाललाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटी कार्यदल रिपोर्ट नआउँदै सरकारले नियुक्ति गर्न थाल्ने हो भने कार्यदल गठनको 
औचित्यता के हुने ? भन्ने प्रश्न गरेका थिए  । कार्यदलको बैठकमा पनि नेताहरू भीम रावल, सुरेन्द्र पाण्डेलगायतले नियुक्तिका विषयमा विरोध जनाइरहेका थिए । 

बिहीबार दाहालले ओलीसँग कार्यदल गठनयताका सबै नियुक्ति खारेज गर्न माग गरेको दाहाल निकट स्रोतले बतायो । ‘कार्यदल बनेयताका सबै नियुक्ति खारेज गरौं, नत्र कार्यदल गठनको के अर्थ रहन्छ, तपाईं (प्रधानमन्त्री)ले उही शैलीमा नियुक्ति गर्दै जाने हो भने ?’ दाहालले प्रधानमन्त्री ओलीसँग व्यक्त गरेको भनाइ उद्धृत गर्दै खुमलटार
स्रोतले भन्यो । 

ओलीले भने पहिले नै प्रक्रियामा रहेका र नगरी नहुने नियुक्ति मात्र सरकारले गरेको भन्दै यसलाई अन्यथा विवादको विषय नबनाउन दाहालसँग आग्रह गरेका छन् । दाहालले भने आफू र वरिष्ठ नेता माधव नेपाललाई सामाजिक सञ्जालदेखि विभिन्न अनलाइनहरूमा लेख लेख्दै हिँड्नेहरूलाई प्रधानमन्त्रीले छानीछानी नियुक्ति दिएकोमा आपत्ति जनाएका थिए । दाहालको यस्तो टिप्पणीमा भने प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नजनाएको स्रोतले बतायो । ओली –दाहाल बिहीबार झन्डै डेढ घण्टा बालुवाटारमा छलफल गरेका थिए ।

 

प्रतिक्रिया