Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नियुक्तिमा असन्तुष्टि

नियुक्तिमा असन्तुष्टि

काठमाडौं  : नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच गत सोमबार मन्त्रिपरिषद् बैठकले गरेको नियुक्तिका विषयमा विवाद भएको छ । अध्यक्ष दाहालले पार्टी विवाद सल्टाउन कार्यदल गठन गरेका बेला सरकारले फेरि रिपोर्ट नपर्खी नियुक्तिहरू गरेको भन्दै प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएका हुन् । 

सोमबारको मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्को उपाध्यक्षमा इलामका लोकनाथ सुवेदी, युवा व्यवसायी तथा साना कोषको उपाध्यक्षमा खोटाङका देवराज रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा कास्कीकी दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तै  सरकारले बेल्जियम र युरोपेली युनियनको राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तपास अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो । राजदूत नियुक्त गर्ने निर्णय गरिएका तीनै जना परराष्ट्र मन्त्रालयका कर्मचारी हन् । राजस्व बोर्डको प्रमुखमा पूर्वसचिव महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो । यसमध्ये प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारीलाई काम नलगाउन र पहिले कायम रहेकै किशोर श्रेष्ठलाई काम गर्न दिन सर्वाेच्चले बुधबार अन्तरिम आदेश जारी गरेको थियो । सोमबारका यी नियुक्तिहरूमा भोलिपल्टै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेट गरी आफ्नो असहमति रहेको जानकारी गराएका थिए  । 

बुधबार दाहाललाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटी कार्यदल रिपोर्ट नआउँदै सरकारले नियुक्ति गर्न थाल्ने हो भने कार्यदल गठनको 
औचित्यता के हुने ? भन्ने प्रश्न गरेका थिए  । कार्यदलको बैठकमा पनि नेताहरू भीम रावल, सुरेन्द्र पाण्डेलगायतले नियुक्तिका विषयमा विरोध जनाइरहेका थिए । 

बिहीबार दाहालले ओलीसँग कार्यदल गठनयताका सबै नियुक्ति खारेज गर्न माग गरेको दाहाल निकट स्रोतले बतायो । ‘कार्यदल बनेयताका सबै नियुक्ति खारेज गरौं, नत्र कार्यदल गठनको के अर्थ रहन्छ, तपाईं (प्रधानमन्त्री)ले उही शैलीमा नियुक्ति गर्दै जाने हो भने ?’ दाहालले प्रधानमन्त्री ओलीसँग व्यक्त गरेको भनाइ उद्धृत गर्दै खुमलटार
स्रोतले भन्यो । 

ओलीले भने पहिले नै प्रक्रियामा रहेका र नगरी नहुने नियुक्ति मात्र सरकारले गरेको भन्दै यसलाई अन्यथा विवादको विषय नबनाउन दाहालसँग आग्रह गरेका छन् । दाहालले भने आफू र वरिष्ठ नेता माधव नेपाललाई सामाजिक सञ्जालदेखि विभिन्न अनलाइनहरूमा लेख लेख्दै हिँड्नेहरूलाई प्रधानमन्त्रीले छानीछानी नियुक्ति दिएकोमा आपत्ति जनाएका थिए । दाहालको यस्तो टिप्पणीमा भने प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नजनाएको स्रोतले बतायो । ओली –दाहाल बिहीबार झन्डै डेढ घण्टा बालुवाटारमा छलफल गरेका थिए ।

 

प्रतिक्रिया