Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुने

नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुने

धनगढी– नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलन धनगढीमा हुने भएको छ ।

आइतबार बसेको समितिको बैठकले प्रथम सम्मेलन धनगढीमा यहि २६ गते गर्ने निर्णय गरेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

प्रदेश समितिका सभापति विरबहादुर बलायले सम्मेलनको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले समुद्घाटन गर्ने कार्यक्रम तय भएको बताए ।

‘यहि २६ गते प्रथम सम्मेलन गरिनुका साथै २७ र २८ गते प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम गरिने छ’ उनले भने ।

काग्रेसको प्रदेश सम्मेलनमा केन्द्रिय शिर्ष नेता, पदाधिकारी, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, केन्द्रिय प्रतिनिधि, प्रदेश र जिल्ला प्रतिनिधि लगायतको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा बोल्दै  प्रतिनिधि सभा सदस्य समेत रहेका बलायरले प्रचण्डले सत्ताबाट बाहिरिएको पिडामा सत्तारुढ दलहरुप्रति आरोप प्रत्यारोप लगाइरहेको बताए । उनले भने –‘प्रचण्डलाई अहिले ल्याइएको व्यवस्थाप्रति असन्तुष्टि होइन् । यो व्यवस्थामा कुनै समस्या छैन् । तर, सत्ता गुमाउनुपरेको पिडा उनमा रहेको छ ।’

नेता बलायरले प्रचण्डकै कारण उनी निकट भएका नेताहरु टाढिन पुगेको बताउँदै –‘बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, विप्लव सि, लेखराज भट्ट जस्ता उनी निकट नेताहरु उनकै व्यवहारका कारण असन्तुष्ट भई फरक पार्टी खोल्न र फरक पार्टीमा जान बाँध्य भए ।’ उनले आवश्यकता अनुसार सरकारले संविधान संशोधन गर्ने बताए ।
 

प्रतिक्रिया