Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २० असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ।केही दिनअघि चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका र यमुनामाई गाउँपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्। सरुवा भइ आएका अधिकृतलाई के गर्ने भन्ने छलफल मेयरले गरिरहेका छन्।

कटहरिया नपाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र गरुडा नपामा लेखा अधिकृत एउटै व्यक्ति हुन्। उनी दुईवटा नपामा फरकफरक जिम्मेवारीमा छन्। गरुडा नपाका लेखा अधिकृत साह गत आर्थिक वर्षदेखि कटहरिया नपाको प्रमुख प्रशासकीय अधिकृत भएका हुन्। उनले दोहोरो सुविधा लिँदै आएको स्रोत बताउँछ।

एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु नैतिकताविपरीत भएको जानकार बताउँछन्। अधिकृत साहले दुवै तहमा काम गर्दै आएको स्वीकार गर्दै एउटा तहको जिम्मेवारी छाड्ने प्रतिक्रिया दिएका छन्।

रौतहटका दुई गाउँपालिका र १६ नगरपालिका मध्ये अधिकांश तहमा इन्जिनियर, लेखाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षाका कर्मचारी, स्थानीयतहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

गरुडा नपामा खानेपानीका इन्जिनियर मुस्ताक आलम, बृन्दाबन नपामा इन्जिनियर नागेन्द्र यादव, चन्द्रपुरमा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद सिग्देल, राजदेवी नपामा इन्जिनियर सञ्जय पाण्डे, गुजरा नपामा स्वास्थ्यका नन्देश्वर चौधरी र फतुवाविजयपुर नपामा स्वास्थ्यकर्मी प्रमोदकुमार गुप्तालाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। बौद्धिमाई नपामा स्थानीय तहका रामईश्वर राय, राजपुर नपामा स्थानीय तहका बैजु ठकुर, देबाहीगोनाही नपामा स्थानीयतहका राजदेव रामले प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन्।

अधिकांश स्थानीय तहमा प्रशासनतर्फका कर्मचारीले प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छैनन्। रौतहटमा मेयर, उपमेयर, वडा अध्यक्ष अनुकूलका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने चलन नै बसेको सरुवा भएर जाने धेरै अधिकृत बताउँछन्। संघीय मन्त्रालयले खटाएका प्रशासनिक अनुभव भएकालाई जिम्मेवारी दिँदा नीति, नियम, ऐन, कानुन बढी झेल्नुपर्ने भन्दै जनप्रतिनिधिले अनुकूलका कर्मचारी खोज्ने गरेका छन्।

फाइलनै लुकाइन्छ

भदौ १४ गते मौलापुर नपाबाट गरुडा नपा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहलाई हाजिर गर्न रोकियो। उनले हाजिर हुन प्रयास गरिरहेका छन्। कार्यालय जाँदा हाजिर रजिस्टर नै लुकाइयो।

गरुडाका मेयर इनुराय यादवका छोरा अनिल यादव र भतिजा रामसिंह यादवले वातावरण नमिलेको भन्दै हाजिर गराउन मानेका छैनन्। नगरपालिकामा उनीहरुकै रजगज रहेको नगरका बासिन्दा बताउँछन्। अधिकृत साहलाई हाजिर गराउने नगराउने विषयमा गरुडामा छलफल भइरहेको मेयर पक्षले जानकारी दिएको छ। गरुडा नपाका मेयर यादवले पहिलेदेखि काम गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमलाई नै जिम्मेवारी दिन मन्त्रालयमा पत्राचार गरेका छन्।

यस्तै केही महिनाअघि यमुनामाई गाउँपालिकामा सरुवा भएका अधिकृत सुनिलकुमार केशरी हाजिर नै हुन पाएनन्। जनप्रतिनिधिको अवरोधका कारण हाजिर हुन नपाएपछि उनी अन्यत्र गए। चन्द्रपुर नपामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की हाजिर नहुँदै कार्यपालिकाका सदस्य तथा वडा अध्यक्षले हाजिर नगराउन मेयरलाई ज्ञापनपत्र नै बुझाए। उनी बाटोबाटै बाराको जगढ नपामा सरुवा भएर गए।

तीन दिनभित्र हाजिर हुन निर्देशन

स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी सरुवा तथा कामका लागि स्थानीय तहमा खटाइएका कर्मचारी हाजिर नभएको पाइएको जनाएको छ।

खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारी समयमा कार्यालयमा हाजिर हुन नगएको र अनुपस्थित भएकाले कार्यालयको कामकाजदेखि कोभिड–१९ का कारण गर्नुपर्ने व्यवस्थापनलगायत काममा बाधा पुगेकाले तीन दिनभित्र खटाइएको स्थानीय तह तथा कार्यालयमा हाजिर भई जानकारी दिन अन्यथा कारबाही गरिने मन्त्रालयको सूचनामा उल्लेख छ। अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया