Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

विकासोन्मुखमा जान ‘कोभिड बाधक’

विकासोन्मुखमा जान ‘कोभिड बाधक’

सन् २०२२ भित्र देशलाई अल्प विकसित राष्ट्रबाट विकासोन्मुखमा स्तरोन्नति गर्न सरकार जोडतोडले लागेको थियो। बीचमा विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले त्यो लक्ष्य प्राप्त गर्न जोखिम बढाएको प्रधानमन्त्रीको ठम्याइ छ। 

राष्ट्रसंघीय महासभाको एउटा सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कोभिड–१९ का कारण उत्पन्न वर्तमान स्वास्थ्य समस्याले कठिनतासाथ हासिल उपलब्धिलाई जोखिममा पारेको छ।’

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७५औं महासभाका अवसरमा महासचिव एन्टोनियो गुटरेसद्वारा शनिबार राष्ट्रसंघ प्रधान कार्यालय न्युयोर्कमा आयोजित दिगो विकासका लक्ष्यसम्बन्धी उच्चस्तरीय बैठक ‘एसडीजी २०२० मोमेन्ट’लाई काठमाडौंबाट 

अप्रत्यक्ष रूपमा सम्बोधन गरेका हुन्। त्यस क्रममा उनले दिगो विकासका लक्ष्यलाई राष्ट्रिय योजना र कार्यक्रमहरूमा मूल प्रवाहीकरण गरिएको उल्लेख गरे। ती कार्यक्रमलाई अहिले नेपाल सरकारले स्थानीय तहसम्म पु¥याएको उनले जानकारी दिए।

अनुपातहीन रूपमा अल्पविकसित देश, भूपरिवेष्टित देश र साना टापु विकासोन्मुख देश कोभिड–१९ बाट नराम्ररी प्रभावित भएका र त्यसले अर्थतन्त्रलाई गतिहीन बनाएको, राजस्व संकलनमा कमी आएको, सार्वजनिक खर्चमा बढोत्तरी भएको तथा गरिबी र बेरोजगारीले दिगो विकासका लक्ष्य हासिलमा अति नराम्ररी प्रभाव पारेको यथार्थ पनि प्रधानमन्त्रीले औंल्याए। कोभिड–१९ विरुद्ध प्रतिकार्यका निम्ति विश्वव्यापी रूपमा भएका प्रयासहरूको सराहना गर्दै प्रधानमन्त्री ओलीले व्याख्यानले नभई सबै सरोकारवालाले काम गरेर देखाउनु अति आवश्यक भएको बताए।

एसिया प्रशान्त क्षेत्रका पाँच मुलुकमध्ये नेपाललाई उक्त बैठकमा समावेश गरिएको थियो। बैठकमा विश्वका २२ देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूका साथै विभिन्न क्षेत्रीय, समूह, दिगो विकास लक्ष्यका अभियन्ता, विकासका साझेदार र राष्ट्रसंघका उच्च अधिकारी सहभागी थिए।

प्रतिक्रिया