Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विकासोन्मुखमा जान ‘कोभिड बाधक’

विकासोन्मुखमा जान ‘कोभिड बाधक’

सन् २०२२ भित्र देशलाई अल्प विकसित राष्ट्रबाट विकासोन्मुखमा स्तरोन्नति गर्न सरकार जोडतोडले लागेको थियो। बीचमा विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले त्यो लक्ष्य प्राप्त गर्न जोखिम बढाएको प्रधानमन्त्रीको ठम्याइ छ। 

राष्ट्रसंघीय महासभाको एउटा सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कोभिड–१९ का कारण उत्पन्न वर्तमान स्वास्थ्य समस्याले कठिनतासाथ हासिल उपलब्धिलाई जोखिममा पारेको छ।’

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७५औं महासभाका अवसरमा महासचिव एन्टोनियो गुटरेसद्वारा शनिबार राष्ट्रसंघ प्रधान कार्यालय न्युयोर्कमा आयोजित दिगो विकासका लक्ष्यसम्बन्धी उच्चस्तरीय बैठक ‘एसडीजी २०२० मोमेन्ट’लाई काठमाडौंबाट 

अप्रत्यक्ष रूपमा सम्बोधन गरेका हुन्। त्यस क्रममा उनले दिगो विकासका लक्ष्यलाई राष्ट्रिय योजना र कार्यक्रमहरूमा मूल प्रवाहीकरण गरिएको उल्लेख गरे। ती कार्यक्रमलाई अहिले नेपाल सरकारले स्थानीय तहसम्म पु¥याएको उनले जानकारी दिए।

अनुपातहीन रूपमा अल्पविकसित देश, भूपरिवेष्टित देश र साना टापु विकासोन्मुख देश कोभिड–१९ बाट नराम्ररी प्रभावित भएका र त्यसले अर्थतन्त्रलाई गतिहीन बनाएको, राजस्व संकलनमा कमी आएको, सार्वजनिक खर्चमा बढोत्तरी भएको तथा गरिबी र बेरोजगारीले दिगो विकासका लक्ष्य हासिलमा अति नराम्ररी प्रभाव पारेको यथार्थ पनि प्रधानमन्त्रीले औंल्याए। कोभिड–१९ विरुद्ध प्रतिकार्यका निम्ति विश्वव्यापी रूपमा भएका प्रयासहरूको सराहना गर्दै प्रधानमन्त्री ओलीले व्याख्यानले नभई सबै सरोकारवालाले काम गरेर देखाउनु अति आवश्यक भएको बताए।

एसिया प्रशान्त क्षेत्रका पाँच मुलुकमध्ये नेपाललाई उक्त बैठकमा समावेश गरिएको थियो। बैठकमा विश्वका २२ देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूका साथै विभिन्न क्षेत्रीय, समूह, दिगो विकास लक्ष्यका अभियन्ता, विकासका साझेदार र राष्ट्रसंघका उच्च अधिकारी सहभागी थिए।

प्रतिक्रिया