Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पुराणको रोचक प्रसंग - पाँच पाण्डव कलियुगमा पनि जन्मिएका थिए !

पुराणको रोचक प्रसंग - पाँच पाण्डव कलियुगमा पनि जन्मिएका थिए !

महाभारतमा हरेक व्यक्ति आफ्नो भूमिकामा महत्वपूर्ण छन् । हरेकसँग केही न केही अद्भुत शक्ति थियो । केहीले त्यस्तो शक्तिलाई प्रयोग गरे भने केहीले आफूसँग भएको शक्ति नै थाहा पाएनन् ।

केहीले हारे र केहीले जिते । युद्धमा मारिएकाहरु पनि एक रातका लागि जीवित भएका थिए र सबै योद्धा कलियुगमा कुनै न कुनै रुपमा फेरि जन्मिएका छन् भन्ने पुराणहरुमा उल्लेख गरिएको छ । 

अवतार– भगवान श्रीकृष्ण विष्णुको अवतार थिए भने बलराम शेषनागको अंश थिए । आठ वसुमध्येका एक द्यु नामका वसुले भीष्मको रुपमा जन्म लिएका थिए । देवगुरु बृहस्पति ले द्रोणाचार्यको रुपमा जन्म लिएका थिए । अश्वत्थामा रुद्रको अंशावतार थिए ।

दुर्योधन कलियुग तथा उनका १०० भाइ पुलस्य वंशको राक्षसका अंश थिए । सूर्यदेव पुत्र कर्ण इन्द्रका पुत्र अर्जुन पवन पुत्र भीम, धर्मराज पुत्र युधिष्ठिर तथा २ अश्विनीकुमार र दस्त्रका छोरा नकुल र सहदेव थिए । 

रुद्रका एक गणले कृपाचार्यको रुपमा जन्म लिएका थिए । द्वापर युगको अंशके रुपमा सकुनी, अरिष्टाको पुत्र हंस नामक गन्धर्वले धृतराष्ट्र तथा पाण्डुको रुपमा जन्म लिएका थिए । सूर्यको अंश नै विदुरको नाममा प्रसिद्ध भएका थिए । कुन्ती र माद्रीका रुपमा सिद्धि तथा धृतिका द्रौपदीको इन्द्राणी उत्पन्न भएका थिए । अभिमन्युको रुपमा चन्द्रमाका पुत्र वर्चाको अंश थियो । 

मरुतगणको अंश सात्यकि, द्रुपद, कृतवर्मा तथा विराटको जन्म भएको थियो । अग्निको अंशबाट धृष्टधुम्न तथा राक्षको अंशमा शिखण्डीको जन्म भएको थियो । विश्वदेवगण द्रौपदीको पाँचौ पुत्र प्रतिविन्ध्य, सुतसोम, श्रुतकीर्ति, शतानीक तथा श्रुतसेवको रुपमा उत्पन्न भएका थिए । दावराज विप्रचित्ति जरासन्ध तथा हिरण्यकशिपु शिशुपालको अंशका रुपमा थिए । कालनेमि दैत्यले कंसको रुप लिएको थियो । इन्द्रको आज्ञाअनुसार अप्सराको अंशबाट १६ हजार स्त्रि उत्पन्न भएका थिए । 

पुनर्जन्म

भविष्य पुराणका अनुसार शिवजीसँग युद्ध गरेका कारण पाण्डवहरुले कलियुगमा पुन जन्म लिनु परेको थियो ।  आधा रातको समय अश्वत्थामा, कृतवर्मा तथा कृपाचार्य  पाण्डवको शिविरको नजिक गए । त्यसबेला मनमनै उनीहरुले भगवान शिवको आराधना गरेका थिए । यसपछि भगवान शिवले उनीहरुलाई पाण्डवको शिविरमा प्रवेश गर्ने आज्ञा दिए । त्यसपछि अश्वस्थामा पाण्डवको शिविरमा घुसेर शवजीबाट प्राप्त तरबारले पाण्डवका सबै छोराहरुको हत्या गरे । 

जब पाण्डवहरुलाई यसबारेमा थाहा भयो तब भगवान शिवसँग युद्ध गर्न गए । जब पाण्डव शिवजीसँग युद्ध गर्नका लागि पुगे उनीहरु पराजित भए र हतियार शिवमा अर्पण गरे । शिवजीले पाण्डवहरु श्रीकृष्णका उपासक भएका कारण यो जन्ममा यस अपराधको फल नमिल्ने तर यसको फल तिमीहरुले (पाण्डवहरुले) कलियुगमा फेरि जन्म लिएर भोग्न पर्ने श्राप दिए । 


भगवान शिवको कुरा सुनेर सबै पाण्डव निकै दुखी भए र यस विषयमा कुरा गर्नका लागि श्रीकृष्णको नजिक पुगे । तब श्रीकृष्णले उनीहरुलाई कुन पाण्डव कलियुगमा कसको घरमा जन्मनेछन् भन्ने बारे बताए

कलियुगमा कसको घरमा जन्मिए कुन पाण्डव ?

युधिष्ठिरको जन्म वत्सराज नामको राजाको छोराको रुपमा भयो । उनको नाम मलखान थियो । 

भीमको जन्म वीरण नाममा भएको थियो जो वनरस नामको राज्यको राजा बनेका थिए । 

अर्जुनको जन्म परिलोक नामको राजा कहाँ भएको थियो । उनको नाम ब्रह्मानन्द थियो । 

नकुलको जन्म कान्यकुव्जका राजा रत्नभानु कहाँ भएको थियो, उनको नाम लक्ष्मण थियो । 

सहदेवको जन्म भीमसिंह नामक राजाको घरमा देवीसिंहको नाममा जन्म भएको थियो । 

कर्णले तारक नामका राजको रुपमा जन्म लिएका थिए । 

धृतराष्ट्रको जन्म अजमेरमा पृथ्वीराजको रुपमा भएको थियो र द्रौपदीले उनकी छोरीको रुपमा जन्मलिएकी थिइन् जसको नाम वेला थियो । श्रोत–पुराण

 

प्रतिक्रिया

ट्रेन्डिङ