ताजा अपडेट
अर्नव गोस्वामीविरुद्ध बलिउडका निर्माता एकजुट, उच्च अदालतमा मुद्दा दर्ता

बलिउडका ३४ ठूला फिल्म निर्माता तथा ४ फिल्म संस्थाले अर्नव गोस्वामी र उनको टेलिभिजन च्यानलविरुद्ध मुद्दा दायर गरेका छन्।
‘केही मिडिया हाउसले गैरजिम्मेवारीपूर्वक’ रिपोर्टिङ गरेको भन्दै उनीहरुले दिल्ली उच्च अदालतमा मुद्दा हालेका हुन्। मुद्दा दायर गर्नेहरुमा आमिर खान, शाहरुख खान, सलमान खान, करण जौहर, अक्षय कुमार, आदित्य चोपडालगायतका प्रोडक्सन हाउस समेत समावेश छन्।
उनीहरुले रिपब्लिक टीभी, त्यसका सञ्चालक गोस्वामी, पत्रकार प्रदीप भण्डारी तथा टाइम्स नाउ च्यानल र यसका एंकर राहुल श्रीवास्तव र नविका कुमारलाई विपक्षी बनाएका छन्।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि यी टेलिभिजन च्यानलले बलिउडका हस्तीहरुले राजपुतको हत्या गरेकोजस्ता गम्भीर आरोप लगाएका थिए।
महिनौँसम्म यस विषयमा लगातार प्रसारण गरिरहेका च्यानलहरुले बलिउडमा दुर्व्यवहार, लागूऔषध प्रयोग, ब्ल्याकमेलिङजस्ता गम्भीर समस्या रहेको आरोप लगाएका थिए। एजेन्सी
सम्बन्धित समाचार
ताजा अपडेट
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रतिक्रिया