ताजा अपडेट
भारतीय अभिनेत्रीसँग लगनगाँठो कस्दै आदित्य नारायण झा
गायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग लगन गाँठो कस्न लागेका हुन् ।
केही समय अघी आदित्यको विवाह गायिका नेहा कक्करसँग हुने चर्चाले बलिउड तताएको थियो । इन्डियन आइडलको जजसमेत रहेकी नेहा र शोका सञ्चालक आदित्यको विवाहको घोषणा कार्यक्रमको सेटमा आदित्यका बाबु गायक उदित नारायण झाले गरेका थिए । नेहासँगको विवाह कार्यक्रमको कथा अनुसार भएको आदित्य बताउँछन् । उनी भन्छन्, त्यो केबल मजाक थियो ।
यति बेला भने १० वर्षदेखि प्रेम सम्बन्धमा रहेका आदित्यले बिहेको घोषणा गरेका हुन् । स्वेताले बलिउडका साथै दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग काम गरेकी छन् ।
आदित्य र श्वेताको आफ्नो भेट सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । आदित्यले भेट भएसँगै एक अर्कालाई मन पराउन थालेको बताएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया