Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बिषको भण्डार बन्दैछ शरीर, यी ७ तरीकाले गर्न सकिन्छ शुद्धिकरण !

बिषको भण्डार बन्दैछ शरीर, यी ७ तरीकाले गर्न सकिन्छ शुद्धिकरण !

खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने ।

हामीले खाएका सबै खानेकुरा ताजा, सुपाच्य हुँदैनन् । त्यसमाथि चिल्लोचाप्लो, मसलेदार खानेकुरा, जंकफूड, मदिराजन्य पेय आदिलाई शरीरले पचाउन सक्दैन । कहिलेकाहीँ आवश्यक्ताभन्दा बढी खानेकुरा पनि खान्छौं । यसैगरी हामीले खाने कतिपय खानेकुरा विषाक्त हुनेगर्छ । यस्ता खानेकुरा खाइरहँदा शरीरमा विकार जम्मा हुन थाल्छ । यसैगरी पर्यावरणमा रहेको धुलो, धूँवाले पनि शरीरलाई विकारयुक्त बनाइदिन्छ । त्यसमाथि हाम्रो निस्क्रिय जीवनशैली अर्को कारण बन्छ ।

जति जति शरीरमा विकार जम्मा हुँदै जान्छ, शरीर रोगी र जीर्ण हुन्छ । अतः बेलाबखत शरीरको शुद्धिकरण जरुरी छ । यसका लागि खानपान र जीवनशैलीमा सामान्य परिवर्तन गरे पुग्छ ।

उपवास

शरीर शुद्धिकरणको सबैभन्दा सरल र प्रभावकारी विधी हो, उपवास । बेलाबखत एक दिनको लागि सम्पूर्ण छाक छाड्न सकिन्छ । संभव भएसम्म हप्तामा एक पटक उपवास बस्न उचित हुने बताइन्छ । यद्यपि शारीरिक श्रम गर्ने वा कुनैपनि किसिमको शारीरिक समस्या भएकाहरु र औषधि सेवन गरिरहेकाहरुले आफ्नो स्थितीलाई हेरेर मात्र उपवास बस्नु उचित हुन्छ ।

कुनैपनि ठोस खानेकुरा सेवन नगरी बस्दा पाचन यन्त्रलाई विश्राम मिल्छ । साथसाथै शरीरमा भएको विकार पनि क्रमस हट्छ ।

व्यायाम

शारीरिक व्यायाम शरीर शुद्धिकरणको प्रभावकारी विधी हो । हरेक दिन तीस मिनेट पूर्णताका साथ व्यायाम गर्दा पनि शरीरमा विकार जम्मा हुन पाउँदैन । दिनमा एक पटक पसिना निकाल्नु उचित हुन्छ, चाहे शारीरिक श्रम गरेर होस वा व्यायामबाट । त्यस्तै योगका कतिपय आसन र विधी छन्, जसले शरीरमा भएको विकार बाहिर निकाल्छ ।

ताजा फलफूल

शरीरका विकार हटाउनका लागि ताजा फलफूल निकै उपयोगी हुन्छ । यसका निम्ति नियमित रुपमा ताजा फलफूल सेवन गर्नुपर्छ । अतः फलफूल मौसम अनुकुल हुन जरुरी छ । अहिले फलफूल उत्पादन, भण्डारण गर्ने क्रममा किटनासक र रसायनहरुको प्रयोग गरेका हुनसक्छ, त्यस्ता फलफूल भने थप हानिकारक हुन्छ ।

ताजा सब्जीहरुको जुस

ताजा सब्जीहरुको जुस पनि शरीरलाई शुद्धिकरण गर्ने राम्रो काइदा हो । यसैले काँक्रो, पालुंगो, ब्रोकाउली, लौका जस्ता हरिया सब्जीहरुको जुस बनाएर पिउनुहोस् । यस बाहेक दिनको सुरुवात स्याउ, अनार, केरा, गाँजर जस्ता फलफूलको जुसबाट गर्नु पनि राम्रो हो ।

पर्याप्त पानी पिउने

पर्याप्त पानीको सेवन शरीर शुद्धिकरणको प्रभावकारी तरिका हो । सामान्यतया वयष्क मानिसले दिनमा २–३ लिटर पानी पिउनु राम्रो मानिन्छ ।

आफ्नो शरीरलाई हाइड्रेट राख्न र शरीरबाट विषाक्त पदार्थहरुलाई निकाल्नको लागि बिहान उठ्नासाथए कम्तीमा पनि दुई गिलास पानी पिउनुपर्छ । यसले रगत र पेटबाट विकारहरुलाई सफा गर्छ । पानीमा कागतीको रस मिसाएर पिउँदा अरु लाभ मिल्छ ।

ग्रीन टीको सेवन

कच्चा र ताजा पत्तीहरुबाट बनेको ग्रिन टीमा भरपूर मात्रामा एन्टीअक्सिडेन्ट हुन्छ जसले शरीरलाई रेडिकल्सबाट बचाउँछ । यसले हाइड्रेट राख्न सहयोग गर्छ र लामो समयसम्म पेट भरि राख्छ । शरीर शुद्धिकरणका लागि ग्रीन टि निकै उपयोगी हुन्छ ।

चिनीको मात्रा नियन्त्रण

आफ्नो खानपानमा चिनीको मात्रा कम गरेमा हामीले आफ्नो शरीर शुद्धिकरण गर्न सक्छौं । यसले मेटाबोलिजमलाई बढाउँछ र सम्पूर्ण स्वास्थ्यलाई राम्रो बनाउनेछ । चीनीको अधिक सेवनले थकानको पनि महसुस हुन्छ । साथै तौल बढ्छ र मधुमेहको कारण बन्न सक्छ त्यसैले आफ्नो खानामा चिनीको मात्रा नियन्त्रण गर्न जरुरी छ ।

प्रतिक्रिया

ट्रेन्डिङ