Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बहुगुणी बेसारका ११ फाईदा बनाउँछ स्वस्थ अनि सुन्दर पनि !

बहुगुणी बेसारका ११ फाईदा बनाउँछ स्वस्थ अनि सुन्दर पनि !

हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने बेसार स्वास्थ्यका हिसाबले निकै उपयोगी  छ । भान्सामा पाक्ने अधिकांश व्यञ्जनमा प्रयोग हुने बेसार छाला, पेट र शरीरका कयौं  रोगका लागि उपयोगी मानिन्छ । सामान्यतया भान्सामा सुकाएर धुलो बनाइएको बेसार प्रयोग गरिन्छ । तर यसका काँचो गाना तथा यसका पातसमेत निकै उपयोगी मानिन्छ । बेसारसम्बन्धी यस्तै उपयोगी टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ ।  

  • अनुहारमा आएका दाग धब्बा हटाउनका लागि बेसार निकै उपयोगी हुन्छ ।  बेसार र कालो तिललाई बराबर पीनेर पेस्ट बनाई उक्त पेस्ट दाग धब्बा भएका ठाउँमा लगाउनाले फाईदा हुन्छ । 
  • बेसारलाई दुधमा मिसाएर यसको पेष्ट बनाई अनुहारमा लगाउनाले छालाको रंगमा निखारता आउँछ । साथै अनुहार सुन्दर देखिन्छ ।
  • कलेजो सम्बन्धी समस्यामा बेसारको प्रयोग गर्नाले फाईदा पुग्छ ।
  • रुघा खोकी लागेका बेला दुधमा बेसारको धुलो मिसाएर पिउनाले रुघाखोकी निको बनाउँछ । 
  • पेटमा जुका परेमा प्रत्येक दिन बिहान एक चम्मच बेसारको धुलोमा केही नुन मिसाएर खाली पेट एक सातासम्म खानाले जुका तथा अन्य किराहरु समेत मर्छन् ।
  • बेसारको खाँचो टुक्रा मुखमा राखेर रस खानाले खोकीमा राहत मिल्छ ।
  • अनुहारमा अनावश्यक झुस आएमा नरिवलको तेलमा बेसारको धुलो मिसाएर पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई लगाउनाले अनावश्यक कपालबाट राहत पाउन सकिन्छ । 
  • सामान्यतया घाममा जाँदा छाला रुखो हुने तथा डढने समस्या हुन्छ । यसबाट बच्नका लागि बेसारको धुलो, बदामको चुर्ण तथा दही मिलाएर प्रभावित स्थानमा लगाउनाले राहत मिल्छ । साथै यसले छालाको रंगमा पनि निखारता ल्याउँछ । सुर्यको प्रभावका कारण डढेर कालो भएको छालालाई पनि निको बनाउँछ । यसले एक किसिमको सनस्क्रिन लोशनकै रुपमा काम गर्छ । 
  • चोटपटक लागेको स्थानमा वा दुर्घटनाका कारण सुन्निएको स्थानमा बेसारको प्रयोग निकै उपयोगी मानिन्छ । यस्तो भएमा प्रभावित स्थानमा बेसारको लेप लगाउने तथा तातो दुधमा बेसाको धुलो मिसाएर खानाले लाभ हुन्छ । 
  • बेसारको प्रयोगले रगत सफा हुन्छ । साथै यसले शरीरमा रोग प्रतिरोधात्मक क्षेमता समेत अभिवृद्धि गर्छ । 
  • महिलाहरुका लागि अनियमित महिनावारीलाई नियमित बनाउनका लागि बेसारको प्रयोग फाइदाजनक मानिन्छ । 

प्रतिक्रिया