Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बहुगुणी बेसारका ११ फाईदा बनाउँछ स्वस्थ अनि सुन्दर पनि !

बहुगुणी बेसारका ११ फाईदा बनाउँछ स्वस्थ अनि सुन्दर पनि !

हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने बेसार स्वास्थ्यका हिसाबले निकै उपयोगी  छ । भान्सामा पाक्ने अधिकांश व्यञ्जनमा प्रयोग हुने बेसार छाला, पेट र शरीरका कयौं  रोगका लागि उपयोगी मानिन्छ । सामान्यतया भान्सामा सुकाएर धुलो बनाइएको बेसार प्रयोग गरिन्छ । तर यसका काँचो गाना तथा यसका पातसमेत निकै उपयोगी मानिन्छ । बेसारसम्बन्धी यस्तै उपयोगी टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ ।  

  • अनुहारमा आएका दाग धब्बा हटाउनका लागि बेसार निकै उपयोगी हुन्छ ।  बेसार र कालो तिललाई बराबर पीनेर पेस्ट बनाई उक्त पेस्ट दाग धब्बा भएका ठाउँमा लगाउनाले फाईदा हुन्छ । 
  • बेसारलाई दुधमा मिसाएर यसको पेष्ट बनाई अनुहारमा लगाउनाले छालाको रंगमा निखारता आउँछ । साथै अनुहार सुन्दर देखिन्छ ।
  • कलेजो सम्बन्धी समस्यामा बेसारको प्रयोग गर्नाले फाईदा पुग्छ ।
  • रुघा खोकी लागेका बेला दुधमा बेसारको धुलो मिसाएर पिउनाले रुघाखोकी निको बनाउँछ । 
  • पेटमा जुका परेमा प्रत्येक दिन बिहान एक चम्मच बेसारको धुलोमा केही नुन मिसाएर खाली पेट एक सातासम्म खानाले जुका तथा अन्य किराहरु समेत मर्छन् ।
  • बेसारको खाँचो टुक्रा मुखमा राखेर रस खानाले खोकीमा राहत मिल्छ ।
  • अनुहारमा अनावश्यक झुस आएमा नरिवलको तेलमा बेसारको धुलो मिसाएर पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई लगाउनाले अनावश्यक कपालबाट राहत पाउन सकिन्छ । 
  • सामान्यतया घाममा जाँदा छाला रुखो हुने तथा डढने समस्या हुन्छ । यसबाट बच्नका लागि बेसारको धुलो, बदामको चुर्ण तथा दही मिलाएर प्रभावित स्थानमा लगाउनाले राहत मिल्छ । साथै यसले छालाको रंगमा पनि निखारता ल्याउँछ । सुर्यको प्रभावका कारण डढेर कालो भएको छालालाई पनि निको बनाउँछ । यसले एक किसिमको सनस्क्रिन लोशनकै रुपमा काम गर्छ । 
  • चोटपटक लागेको स्थानमा वा दुर्घटनाका कारण सुन्निएको स्थानमा बेसारको प्रयोग निकै उपयोगी मानिन्छ । यस्तो भएमा प्रभावित स्थानमा बेसारको लेप लगाउने तथा तातो दुधमा बेसाको धुलो मिसाएर खानाले लाभ हुन्छ । 
  • बेसारको प्रयोगले रगत सफा हुन्छ । साथै यसले शरीरमा रोग प्रतिरोधात्मक क्षेमता समेत अभिवृद्धि गर्छ । 
  • महिलाहरुका लागि अनियमित महिनावारीलाई नियमित बनाउनका लागि बेसारको प्रयोग फाइदाजनक मानिन्छ । 

प्रतिक्रिया

ट्रेन्डिङ