Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

राजपत्रमा लिम्पियाधुरा

राजपत्रमा लिम्पियाधुरा

काठमाडौं : नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राजपत्रमा प्रकाशित भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन प्रमाणिकरण गरेसँगै लिम्पियाधुरासहितको नक्सा समेटिएको निसान छाप प्रयोगले संवैधानिक मान्यता पाएको छ। राजपत्रमा प्रकाशित भएपछि नयाँ निसान छाप लागू भएको छ।

संविधानको अनुसूचि ३ मा रहेका निसान छापमा लिम्पियाधुरासहितको नक्सा समेटिएको छ। नेपाल सरकारका सचिव ऋषिराज भण्डारीद्वारा प्रकाशित राजपत्रमा संघीय संसदले जारी गरेको नेपालको संविधान (दोस्रो संशोधन) २०७७ सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको उल्लेख छ। राजपत्रमा नेपालको संविधानलाई संशोधन गर्न वाञ्छनीय भएकाले संघीय संसदले संशोधन जारी गरेको प्रष्ट परिएको छ। यो संशोधन तुरुन्त लागू हुनेसमेत राजपत्रमा उल्लेख छ।

राजपत्रमा निसान छापको बारेमा भनिएको छ ‘यो निसान छाप आवश्यकता अनुसार ठूला वा सानो आकारको बनाउन सकिने छ। त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुनेछ।’ अब मन्त्री, संसदको लोगो, लेटर प्याड, छाप, वेवसाइटहरुमा रहेका निसान छापमा पनि लिम्पियाधुरासहित नक्सा अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने छ। लोगो, छाप, लेटरप्याडमा लिम्पियाधुरासहितको नयाँ नक्सा राख्न नापी विभागको प्रेसमा गइसकेको छ।

संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बिहीबारको बैठकले लिम्पियाधुरासहितको नक्सा संविधानको अनुसूचीमा राख्ने संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको थियो। प्रतिनिधिसभाले भने जेठ ३१ मा उक्त विधेयक पारित गरेको थियो। त्यस अघि सरकारले नीति तथा कार्यक्रममा जेठ २ मा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो। जेठ ५ मा मन्त्रिपरिषदबाट पारित गरी जेठ ७ मा लिम्पियाधुरासहित नक्सा नेपाल सरकारले पहिलो पटक प्रकाशन गरेको छ। २०३२ मा सरकारले पहिलो पटक आफैंले नक्सा प्रकाशन गर्दा लिम्पियाधुरा छुटाएको थियो।

 

प्रतिक्रिया