Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राजपत्रमा लिम्पियाधुरा

राजपत्रमा लिम्पियाधुरा

काठमाडौं : नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राजपत्रमा प्रकाशित भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन प्रमाणिकरण गरेसँगै लिम्पियाधुरासहितको नक्सा समेटिएको निसान छाप प्रयोगले संवैधानिक मान्यता पाएको छ। राजपत्रमा प्रकाशित भएपछि नयाँ निसान छाप लागू भएको छ।

संविधानको अनुसूचि ३ मा रहेका निसान छापमा लिम्पियाधुरासहितको नक्सा समेटिएको छ। नेपाल सरकारका सचिव ऋषिराज भण्डारीद्वारा प्रकाशित राजपत्रमा संघीय संसदले जारी गरेको नेपालको संविधान (दोस्रो संशोधन) २०७७ सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको उल्लेख छ। राजपत्रमा नेपालको संविधानलाई संशोधन गर्न वाञ्छनीय भएकाले संघीय संसदले संशोधन जारी गरेको प्रष्ट परिएको छ। यो संशोधन तुरुन्त लागू हुनेसमेत राजपत्रमा उल्लेख छ।

राजपत्रमा निसान छापको बारेमा भनिएको छ ‘यो निसान छाप आवश्यकता अनुसार ठूला वा सानो आकारको बनाउन सकिने छ। त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुनेछ।’ अब मन्त्री, संसदको लोगो, लेटर प्याड, छाप, वेवसाइटहरुमा रहेका निसान छापमा पनि लिम्पियाधुरासहित नक्सा अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने छ। लोगो, छाप, लेटरप्याडमा लिम्पियाधुरासहितको नयाँ नक्सा राख्न नापी विभागको प्रेसमा गइसकेको छ।

संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बिहीबारको बैठकले लिम्पियाधुरासहितको नक्सा संविधानको अनुसूचीमा राख्ने संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको थियो। प्रतिनिधिसभाले भने जेठ ३१ मा उक्त विधेयक पारित गरेको थियो। त्यस अघि सरकारले नीति तथा कार्यक्रममा जेठ २ मा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो। जेठ ५ मा मन्त्रिपरिषदबाट पारित गरी जेठ ७ मा लिम्पियाधुरासहित नक्सा नेपाल सरकारले पहिलो पटक प्रकाशन गरेको छ। २०३२ मा सरकारले पहिलो पटक आफैंले नक्सा प्रकाशन गर्दा लिम्पियाधुरा छुटाएको थियो।

 

प्रतिक्रिया