Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

फेसबुकमा धेरै समय वित्ने गरेको छ ? यसो गर्नुहोस्

फेसबुकमा धेरै समय वित्ने गरेको छ ? यसो गर्नुहोस्

यदि तपाईंले नेटफ्लिक्समा सोसल डिलेमा डकुमेन्ट्री हेर्नु भएको छ भने पक्कै पनि तपाईंलाई अन्दाज हुनुपर्छ, सामाजिक सञ्जालले कसरी प्रयोगकर्तालाई त्यसको लतमा फसाउँछ । फेसबुक यस्तो किसिमले काम गर्द छ कि त्यसले चोट र ओखती दुवै दिन्छ । 

यदि तपाईंमा सोसल मिडियाको लत छैन भने पनि सोसल डिलेमा हेर्नु भयो भने तपाईं यो विषयलाई सहजै बुझ्न सक्नुहुन्छ । फेसबुक अहिलेको समयमा सबैभन्दा चर्चित अनि लोकप्रिय सामाजिक सञ्जाल हो । तपाईंले पनि संभवतः पक्कै फेसबुक प्रयोग गरिरहनु भएकै छ । 

अनि यो पनि संभव छ कि तपाईंले फेसबुकमा भिडियो पोस्ट हेर्दा हेर्दै घण्टौं विताइरहनु भएको । फेसबुकको अल्गोरिदम नै यस्तो छ कि जसले प्रयोगकर्ताको धेरैभन्दा धेरै समय लिन खोज्दछ । तपाईं जति धेरै समय फेसबुकमा बिताउनु हुन्छ, कम्पनीले त्यति नै धेरै आम्दानी गर्दछ । 

यद्यपी फेसबुकले यो पनि भन्न बाँकी राख्दैन, तपाईंले चाहेको खण्डमा फेसबुकको प्रयोग कम गर्न सक्नुहुन्छ । त्यसका लागि एपमा एउटा विशेष फिचर पनि दिइएको छ । यो फिचर नयाँ त होइन, तर तपाईंका लागि निकै उपयोगी सावित हुन सक्छ । खासगरी जब तपाईं फेसबुकमा धेरै भन्दा धेरै समय बिताउनुहुन्छ । 

यसरी थाहा पाउनुहोस्, फेसबुकमा बित्ने तपाईंको समय

फेसबुक एपमा ‘योर टाइम अन फेसबुक’ खण्ड रहेको छ । फेसबुकको ‘सेटिङ एन्ड प्राइभेसी’ अप्सनमा गएर तपाईं यसमा पहुँच बनाउन सक्नुहुन्छ । यसमा रहेको ‘सी योर टाइम’ फिचरमा गएर तपाईं ग्राफको रुपमा आफ्नो फेसबुकमा दिनभर कति घण्टा बितिरहेको छ भन्ने जानकारी लिन सक्नुहुन्छ । 

यहाँ तपाईंले हरेक दिन फेसबुक प्रयोग गरेको समय, औषत दर र रातकोसमयको तुलनामा अरु कुन समयमा बढी प्रयोग भइरहेको छ भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्छ । यसमा तपाईं रातको समयमा कति पटक आफूले फेसबुक खोलियो भन्ने कुराको जानकारी पनि पाउनु हुनेछ । 

न्युज फिड प्रिफरेन्सेस

यसबाट तपाईं न्युज फिडको प्राथमिकता सेट गर्न सक्नुहुन्छ । कुनै निश्चित व्यक्तिलाई अनफलो गर्न सक्नुहुन्छ ता कि फिडमा उसको पोस्ट देखा नपरोस् । 

सेट डेली टाइम रिमाइन्डर

योर टाइम अन फेसबुक खण्डमा नै तपाईंले सेट डेली टाइम रिमाइन्डर फिचर पनि फेला पार्न सक्नुहुन्छ । जसबाट तपाईंले कति समय फेसबुक एप प्रयोग गरिसकेपछि रिमाइन्ड गराउनुपर्ने छ भन्ने कुरा तय गर्न सक्नुहुन्छ । 

म्यानेज योर नोटिफिकेसन 

यो सेटिङ भित्र तपाईंले नोटिफिकेसन सेटिङलाई परिवर्तन गर्न सक्नुहुनेछ । जसबाट तपाईं पुश नोटिफिकेसनलाई अन अफ गर्नुका साथै कुन प्रकारको नोटिफिकेसन आउन दिने वा नदिने निर्धारण गर्न सक्नुहुन्छ ।

साथै यहाँबाट तपाईंले आठ घण्टासम्म नोटिफिकेसन अफ राख्न सक्नुहुन्छ । यस बाहेक कमेन्ट, ट्याग, रिमाइन्डर र अपडेट जस्ता नोटिफिकेसन समेत अन अफ गर्न सक्नुहुनेछ । 

प्रतिक्रिया