Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गुगल म्यापबाट यसरी खोज्नुहोस् आफ्नो हराएको मोबाइल

गुगल म्यापबाट यसरी खोज्नुहोस् आफ्नो हराएको मोबाइल

स्मार्टफोन हाम्रो जिन्दगीको अहम् हिस्सा बनिसकेको छ । मान्छेले आफ्नो जीवनको आधा हिस्सा मोबाइललाई बनाइसकेका छन् ।

मोबाइल धेरैले प्रयोग गर्दै आए पनि यसको जतन गर्न भने कति चुकेका हुन्छन् । मोबाइल हरायो भने त्यसलाई खोजी गर्न सकिन्छ भन्ने पनि कमैलाई थाहा हुन्छ ।

एप्पल प्रयोगकर्तालाई एप्पलले ‘फाइन्ड माइ फोन’ को सुविधा दिएको हुन्छ । यस्तै एन्ड्रोइडले ‘फाइन्ड योर फोन’ फिचर दिएको हुन्छ ।

यो फिचरलाई सक्रिय बनाउँदा यो फोन भेटिन सक्ने सम्भावना हुन्छ । गुगल म्याप्सको मद्दतबाट आफ्नो फोन कहाँ छ भन्ने थाहा पाउन सकिन्छ । लोकेसन ट्रयाक गरेर फोन भेट्याउन तपाईंले खासै केही गर्नु पनि पर्दैन ।

गुगल म्यापको मद्दतबाट हराएको फोन खोजी गर्न सक्नुहुन्छ । यसका लागि तपाईंसँग मोबाइल, ल्यापटप या कम्प्युटर हुनुपर्छ, जसमा इन्टरनेट पनि हुनुपर्छ ।

तपाईंले इन्टरनेट ब्राउजरमा मा जानुपर्ने हुन्छ । त्यसपछि गुगल म्याप खुल्नेछ । त्यसमा तपाईंले गुगल आइडी हान्नुपर्ने हुन्छ । त्यसमा हराएको एन्ड्रोइड फोनमा राखेको गुगल आइडी नै हान्नुपर्ने हुन्छ ।

आइडी ‘साइन इन’ हुनासाथ दायाँतर्फ ३ वटा थोप्लो दिएको हुन्छ । त्यसमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईं ‘योर टाइमलाइन’ अप्सनमा जानुपर्ने हुन्छ । त्यहाँ तपाईंले वर्ष, महिना र दिन राख्नुपर्ने हुन्छ, जुन दिन तपाईंको मोबाइल हराएको थियो ।

यसका लागि तपाईंले गुगल म्याप एप पनि प्रयोग गर्न सक्नुहुन्छ । गुगल म्यापमा पनि तपाईंले हराएको मोबाइलमा राखेको जिमेल खाता नै राख्नुपर्ने हुन्छ ।

हराएको मोबाइलमा लोकेसन फिचर अन हुनासाथ यो फिचरले काम गर्नेछ र तपाईंले आफ्नो फोन कहाँ छ भनेर लोकेसनका आधारमा थाहा पाउनुहुनेछ ।

प्रतिक्रिया