Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

गुगल म्यापबाट यसरी खोज्नुहोस् आफ्नो हराएको मोबाइल

गुगल म्यापबाट यसरी खोज्नुहोस् आफ्नो हराएको मोबाइल

स्मार्टफोन हाम्रो जिन्दगीको अहम् हिस्सा बनिसकेको छ । मान्छेले आफ्नो जीवनको आधा हिस्सा मोबाइललाई बनाइसकेका छन् ।

मोबाइल धेरैले प्रयोग गर्दै आए पनि यसको जतन गर्न भने कति चुकेका हुन्छन् । मोबाइल हरायो भने त्यसलाई खोजी गर्न सकिन्छ भन्ने पनि कमैलाई थाहा हुन्छ ।

एप्पल प्रयोगकर्तालाई एप्पलले ‘फाइन्ड माइ फोन’ को सुविधा दिएको हुन्छ । यस्तै एन्ड्रोइडले ‘फाइन्ड योर फोन’ फिचर दिएको हुन्छ ।

यो फिचरलाई सक्रिय बनाउँदा यो फोन भेटिन सक्ने सम्भावना हुन्छ । गुगल म्याप्सको मद्दतबाट आफ्नो फोन कहाँ छ भन्ने थाहा पाउन सकिन्छ । लोकेसन ट्रयाक गरेर फोन भेट्याउन तपाईंले खासै केही गर्नु पनि पर्दैन ।

गुगल म्यापको मद्दतबाट हराएको फोन खोजी गर्न सक्नुहुन्छ । यसका लागि तपाईंसँग मोबाइल, ल्यापटप या कम्प्युटर हुनुपर्छ, जसमा इन्टरनेट पनि हुनुपर्छ ।

तपाईंले इन्टरनेट ब्राउजरमा मा जानुपर्ने हुन्छ । त्यसपछि गुगल म्याप खुल्नेछ । त्यसमा तपाईंले गुगल आइडी हान्नुपर्ने हुन्छ । त्यसमा हराएको एन्ड्रोइड फोनमा राखेको गुगल आइडी नै हान्नुपर्ने हुन्छ ।

आइडी ‘साइन इन’ हुनासाथ दायाँतर्फ ३ वटा थोप्लो दिएको हुन्छ । त्यसमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईं ‘योर टाइमलाइन’ अप्सनमा जानुपर्ने हुन्छ । त्यहाँ तपाईंले वर्ष, महिना र दिन राख्नुपर्ने हुन्छ, जुन दिन तपाईंको मोबाइल हराएको थियो ।

यसका लागि तपाईंले गुगल म्याप एप पनि प्रयोग गर्न सक्नुहुन्छ । गुगल म्यापमा पनि तपाईंले हराएको मोबाइलमा राखेको जिमेल खाता नै राख्नुपर्ने हुन्छ ।

हराएको मोबाइलमा लोकेसन फिचर अन हुनासाथ यो फिचरले काम गर्नेछ र तपाईंले आफ्नो फोन कहाँ छ भनेर लोकेसनका आधारमा थाहा पाउनुहुनेछ ।

प्रतिक्रिया