Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आफ्नै दोहोरो शतकको रेकर्ड तोडे केन विलियम्सनले

आफ्नै दोहोरो शतकको रेकर्ड  तोडे केन विलियम्सनले

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आफ्नै रेकर्ड तोडेका छन्। उनले टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउँदै सर्वाधिक उच्च रनको आफ्नै रेकर्ड तोडेका हुन्।  पाहुना टोली वेष्ट इन्डिजविरुद्ध पहिलो पारीमै ५१९ रन बनाएपछि न्युजिल्यान्डले पहिलो इनिङ समाप्तीको घोषणा गर्‍यो। न्युजिल्यान्डको उच्च रनमा कप्तान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नै रेकर्ड तोडे। कप्तान केनले २५१ रन बनाए।

अल्जरी जोसेफको बलमा क्याच आउट हुनुअघि केनले ४१२ बलको समाना गर्दै ३४ चौका र दुई छक्काको मद्दतमा २५१ रन बनाए। टेस्ट क्रिकेटमा उनको यो सर्वाधिक उच्च स्कोर हो। यसअघि उनको टेस्ट क्रिकेटमा २४७ रनको उच्च स्कोर थियो। 

कप्तान केनको उच्च प्रदर्शनमा वेष्ट इन्डिजविरुद्ध पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्डले पहिलो इनिङमा विशाल रन बनाउन सफल भयो। न्युजिल्यान्डका टोम लाथमले ८६ र कायल जेमिसनले अविजित ५१ रन बनाए। त्यस्तै, रोस टायलरको नाममा ३८ रन रह्यो।

बलिङतर्फ वेष्ट इन्डिजका केमार रोएच र सानोन गाब्रिएलले समान ३–३ विकेट लिए। न्युजिल्यान्डले सात विकेटको क्षतिमा ५१९ रन बनाएर पहिलो इनिङ समाप्तिको घोषणा गरेसँगै वेष्ट इन्डिजले ब्याटिङ थालेको थियो। दोस्रो दिन सकिँदासम्म वेष्ट इन्डिजले २६ ओभरमा विना विकेट ४९ रन बनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ