Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

आफ्नै दोहोरो शतकको रेकर्ड तोडे केन विलियम्सनले

आफ्नै दोहोरो शतकको रेकर्ड  तोडे केन विलियम्सनले

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आफ्नै रेकर्ड तोडेका छन्। उनले टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउँदै सर्वाधिक उच्च रनको आफ्नै रेकर्ड तोडेका हुन्।  पाहुना टोली वेष्ट इन्डिजविरुद्ध पहिलो पारीमै ५१९ रन बनाएपछि न्युजिल्यान्डले पहिलो इनिङ समाप्तीको घोषणा गर्‍यो। न्युजिल्यान्डको उच्च रनमा कप्तान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नै रेकर्ड तोडे। कप्तान केनले २५१ रन बनाए।

अल्जरी जोसेफको बलमा क्याच आउट हुनुअघि केनले ४१२ बलको समाना गर्दै ३४ चौका र दुई छक्काको मद्दतमा २५१ रन बनाए। टेस्ट क्रिकेटमा उनको यो सर्वाधिक उच्च स्कोर हो। यसअघि उनको टेस्ट क्रिकेटमा २४७ रनको उच्च स्कोर थियो। 

कप्तान केनको उच्च प्रदर्शनमा वेष्ट इन्डिजविरुद्ध पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्डले पहिलो इनिङमा विशाल रन बनाउन सफल भयो। न्युजिल्यान्डका टोम लाथमले ८६ र कायल जेमिसनले अविजित ५१ रन बनाए। त्यस्तै, रोस टायलरको नाममा ३८ रन रह्यो।

बलिङतर्फ वेष्ट इन्डिजका केमार रोएच र सानोन गाब्रिएलले समान ३–३ विकेट लिए। न्युजिल्यान्डले सात विकेटको क्षतिमा ५१९ रन बनाएर पहिलो इनिङ समाप्तिको घोषणा गरेसँगै वेष्ट इन्डिजले ब्याटिङ थालेको थियो। दोस्रो दिन सकिँदासम्म वेष्ट इन्डिजले २६ ओभरमा विना विकेट ४९ रन बनाएको छ।

प्रतिक्रिया