Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

टी-२० सिरिजमा अष्ट्रेलियाविरुद्ध भारतको विजयी सुरुवात

टी-२० सिरिजमा  अष्ट्रेलियाविरुद्ध भारतको विजयी सुरुवात

केएल राहुलको अर्धशतक तथा डेब्यू गरेका टी नटराजनले तीन विकेट लिएपछि भारतले अस्ट्रेलियाविरूद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ रनको विजय हासिल गरेको छ।

क्यानबेरामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको थियो। १६२ रनको लक्ष्य पछ्याएको घरेलु् टोली अस्ट्रेलियाले सात विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। जितसँगै भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लिएको छ।

भारतका लागि ओपनर केएल राहुलले ५१ रन बनाउँदा रविन्द्र जडेजा ४४ रनमा अविजित रहे। सञ्जु सामसनले २३ तथा हार्दिक पाण्डेयले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अस्ट्रेलियाका मोइसिस हेनरिक्सले तीन विकेट लिँदा मिचेल स्टार्कले दुई विकेट लिए। एडम जम्पा र मिचेल स्विपसनको नाममा एक/एक विकेट रह्यो।१६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले ३५, डी‘आर्क शोर्टले ३४, हेनरिक्सले ३० र स्टिभ स्मिथले १२ रन बनाए।

सिन एबोट र स्विपसन समान १२ रनमा अविजित रहे। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतबाट ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका टी नटराजन र युजभेन्द्र चाहलले समान तीन/तीन विकेट लिए। दीपक चाहरले एक विकेट लिए।

प्रतिक्रिया