Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

टी-२० सिरिजमा अष्ट्रेलियाविरुद्ध भारतको विजयी सुरुवात

टी-२० सिरिजमा  अष्ट्रेलियाविरुद्ध भारतको विजयी सुरुवात

केएल राहुलको अर्धशतक तथा डेब्यू गरेका टी नटराजनले तीन विकेट लिएपछि भारतले अस्ट्रेलियाविरूद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ रनको विजय हासिल गरेको छ।

क्यानबेरामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको थियो। १६२ रनको लक्ष्य पछ्याएको घरेलु् टोली अस्ट्रेलियाले सात विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। जितसँगै भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लिएको छ।

भारतका लागि ओपनर केएल राहुलले ५१ रन बनाउँदा रविन्द्र जडेजा ४४ रनमा अविजित रहे। सञ्जु सामसनले २३ तथा हार्दिक पाण्डेयले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अस्ट्रेलियाका मोइसिस हेनरिक्सले तीन विकेट लिँदा मिचेल स्टार्कले दुई विकेट लिए। एडम जम्पा र मिचेल स्विपसनको नाममा एक/एक विकेट रह्यो।१६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले ३५, डी‘आर्क शोर्टले ३४, हेनरिक्सले ३० र स्टिभ स्मिथले १२ रन बनाए।

सिन एबोट र स्विपसन समान १२ रनमा अविजित रहे। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतबाट ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका टी नटराजन र युजभेन्द्र चाहलले समान तीन/तीन विकेट लिए। दीपक चाहरले एक विकेट लिए।

प्रतिक्रिया