ताजा अपडेट
आत्महत्या गरे ‘तारक मेहताका उल्टा चश्मा’ का लेखकले , परिवारले लगाए यस्तो आरोप
भारतीय टिभीको चर्चित कमेडी शो ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक अभिषेक मकवानाले केही दिन अघि आत्महत्या गरेका थिए । अभिषेकले आफ्नो सुसाइड नोटमा आत्महत्याको कारण आर्थिक कारण बताएका थिए । तर अब उनको परिवारले अभिषेक ब्ल्याकमेल र साइबर धोकाको शिकार भएको दाबी गरेका छन् ।
अभिषेक मकवानाका परिवार र नजिकका साथीले उनको मृत्युपछि पनि तनाव दिने खालको फोन आइरहेको जानकारी दिएका छन् । खबरका अनुसार अभिषेक मकवानाको परिवारका अनुसार छोराको मृत्युपछि उनीहरुलाई पनि तनाव दिने व्यक्तिको तर्फबाट फोन आइरहेको छ ।
परिवारले भने, ‘उनीहरुले फोन गरेर पैसा मागिरहेका छन् । अभिषेकले ऋण लिने बेला आफ्नो परिवारलाई साक्षी बनाएको उनीहरुले बताइरहेका छन् । अभिषेकले फाइनान्सियल फ्रडका कारण आत्महत्या गरेका हुन् ।’
अभिषेक मकवानाका भाइ जेनिसले मुम्बई प्रहरीलाई दिवगंत लेखेकाका थुप्रै इमेलले पनि फाइनान्सियल फ्रडको जानकारी पाएको जानकारी दिए । अभिषेकले आफू निकै लामो समयदेखि आर्थिक समस्यासँग जुधिरहेको र त्यसैले आफूले यस्तो खतरनाक कदम उठाएको सुसाइड नोटमा बताएका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया