ताजा अपडेट
अफगानिस्तान भूकम्प : कम्तीमा २ हजार जनाकाे ज्यान गयाे, ९ हजारभन्दा धेरै घाइते
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना पुगेको छ । हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र नौ हजार जनाभन्दा धेरै घाइते भएका तालिबानका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
इरानको सीमा नजिकै रहेको पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । त्यहाँ कम्तीमा तीन वटा शक्तिशाली परकम्प समेत गएका छन् ।
भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । मानिसहरू भग्नावशेषमा फसेका छन् । ज्यान गुमाउनेको सङ्ख्याको विवादास्पद विवरणहरू प्राप्त भइरहेको तर सयौँको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । तालिबान अधिकारीहरूले खोज तथा उद्धार र राहतका लागि विश्वव्यापी रूपमा आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया