Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १० असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

युक्रेनका लागि लडेर ‘हनिमुन’ मनाउँदै एक नवविवाहित जोडी

युक्रेनका लागि लडेर ‘हनिमुन’ मनाउँदै एक नवविवाहित जोडी

एजेन्सी । विवाह भएको केही घन्टामै रुसले युक्रेनमा हमला गरेपछि एक विवाहित जोडीले युद्धमै हनिमुन मनाउने भएका छन् । यारना एरिएभा र स्भ्यातोस्लभ फर्सिनले मे महिनामा बिहे गर्ने योजना बनाएका थिए । तर, रुसको आक्रमणका कारण उनीहरूले गत हप्ता विवाह गरेका हुन् । 

नवविवाहित यो जोडी अहिले आर्मीको परिहनमा राइफल बोकिरहेको देखिन्छ । सञ्चारमाध्यम सिएनएनसँग कुरा गर्दै उनीहरूले आफ्नो भूमिमा कब्जा गर्न खोजिरहेका रुसी सेनाविरुद्ध डटेर लड्ने र आफूहरूका लागि त्यही हनिमुन समान हुने बताएका छन् । 

युक्रेनको राजधानी किभमा जन्मिएकी एरिएभा भन्छिन्, “हामीले अहिले भोग्नुपरेको यो नयाँ वास्तविकता बुझ्न कठिन छ । वसन्तको पहिलो महिना सुरु हुन गइरहेको छ । जसमा मानिसहरू प्रायः युक्रेनको राष्ट्रिय फूल सूर्यमुखीको खेतीमा लागिरहेका हुन्थ्ये । तर, अहिले रुसको हमलाविरुद्ध लड्नु परिरहेको छ ।”

उनले थप भनिन्, “यहाँ कसैले पनि हामी हार्छौं वा मर्नुपर्छ भनेर रोइरहेका छैनन् । हामीमा जित्छौँ भन्ने विश्वास छ । धेरै मानिस यो देशका लागि लड्न तयार भएको देखेर मलाई एकदमै खुसी लागिरहेको छ । हामीले युद्ध जित्नेछौँ भन्नेमा सबै विश्वस्त छौँ ।”

तर, उनका पति फर्सिन चाहिँ पश्चिमी सहर लिभमा जन्मिएका हुन् । फर्सिनका अनुसार पहिलेदेखि नै मानिसहरू स्वतन्त्रता चाहन्थे । 

त्यसकारण उनीहरू स्वतन्त्रताका लागि जतिसुकै ठूलो लडाइँ लड्न पनि तयार रहेको उनले बताए ।

युद्धमा जाँदा अवश्य पनि उनीहरूलाई आफ्नो र परिवारको धेरै चिन्ता  छ । आफ्नी पत्नी, बुबाआमा र बहिनीलाई बचाउन आफूले सबथोक गर्ने फर्सिनको भनाइ छ ।

फर्सिनकी पत्नी एरिएभा भन्छिन्, “यहाँको जीवन फरक भइसकेको छ । तर, हामी सबै मान्छे हौँ । त्यसैले मानिस अझै हाँस्छन्, ठट्टा गर्छन् । त्यो दृश्य हेर्दा मलाई वास्तवमै एकदम रोचक लाग्छ । युद्धको सुरुवातसँगै यहाँ परक किसिमको जीवन सिर्जना भएको छ । हाम्रा लागि दैनिकी यही हो ।”

यो जोडीले अहिले अन्तर्राष्ट्रिय समुदायसँग युक्रेनका लागि पैसा, खानेकुरा, हतियार र मेडिकल सहयोगका लागि अपिल गर्दै रुसमाथि कडाभन्दा कडा प्रतिबन्ध लगाउन अनुरोध गरिरहेको छ । 

फर्सिन छिट्टै परिवार र साथीसँग भेला भएर राम्रो वाइन पिउन चाहन्छन् । उनले भने, “हामीले जित्यौँ भनेर खुसी मनाउन पाउने मैले आस गरेको छु ।”

तर, योभन्दा पहिले रुससहित विश्वका सबैले स्वतन्त्रताको लडाईँ याद राखून् भन्ने चाहेको बताए । 

प्रतिक्रिया

ट्रेन्डिङ