ताजा अपडेट
हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुरेन्ट सञ्चालक पक्राउ
हङकङको तुङचुङ रेस्टुरेन्टमा स्ट्रिम प्रयोग गरी अवैध तरिकाले विदेशी फुटबल खेल प्रसारण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
अनधिकृत स्ट्रिमिङ उपकरणहरू प्रयोग गरी फुटबलको प्रत्यक्ष प्रसारण गरेको भन्दै भन्सार अधकारीहरूले आइतबार साँझ रेस्टुरेन्टका सञ्चालकलाई पक्राउ गरेका हुन्।
भन्सारले छापा मार्ने क्रममा २७ वर्षीय रेस्टुरेन्टका म्यानेजर र ५७ वर्षीय कर्मचारीलाई पक्राउ गरेको छ। यसका साथै अधिकारीहरूले अवैध स्ट्रिमिङ उपकरणहरू र अडियो-भिजुअल तथा नेटवर्क उपकरणहरू पनि बरामद गरेका छन्। यी सामानको मूल्य लगभग १८ हजार हङकङ डलर रहेको बताइएको छ।
रेस्टुरेन्टभित्र धेरै टेलिभिजन सेट पनि फेला परेका छन्। अधिकारविनै प्रतिलिपि अधिकार भएका फुटबल खेललाई सार्वजनिक कास्ट गरिएकोले यस सम्बन्धमा अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्। थप मानिस पक्राउ पर्न सक्नेतर्फ उनीहरूले संकेत गरे।
सपिङ मलको भुइँ तल्लामा रहेको उक्त रेस्टुरेन्टमा ८० देखि सय जना मानिस अट्न सक्ने व्यवस्था छ। जहाँ, अल्कोहलजन्य पेय पदार्थ पनि उपलब्ध गराइन्छ। राति अबेरसम्म सञ्चालन हुने यस रेस्टुरेन्टमा खाइपिइका साथै फुटबल खेलहरू हेर्न सक्ने व्यवस्था मिलाइएको देखिन्छ। (द स्ट्यान्डर्ड)
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया