Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०९ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुरेन्ट सञ्चालक पक्राउ

हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुरेन्ट सञ्चालक पक्राउ

हङकङको तुङचुङ रेस्टुरेन्टमा स्ट्रिम प्रयोग गरी अवैध तरिकाले विदेशी फुटबल खेल प्रसारण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

अनधिकृत स्ट्रिमिङ उपकरणहरू प्रयोग गरी फुटबलको प्रत्यक्ष प्रसारण गरेको भन्दै भन्सार अधकारीहरूले आइतबार साँझ रेस्टुरेन्टका  सञ्चालकलाई पक्राउ गरेका हुन्।

भन्सारले छापा मार्ने क्रममा २७ वर्षीय रेस्टुरेन्टका म्यानेजर र ५७ वर्षीय कर्मचारीलाई पक्राउ गरेको छ। यसका साथै अधिकारीहरूले अवैध स्ट्रिमिङ उपकरणहरू र अडियो-भिजुअल तथा नेटवर्क उपकरणहरू पनि बरामद गरेका छन्। यी सामानको मूल्य लगभग १८ हजार हङकङ डलर रहेको बताइएको छ।

रेस्टुरेन्टभित्र धेरै टेलिभिजन सेट पनि फेला परेका छन्। अधिकारविनै प्रतिलिपि अधिकार भएका फुटबल खेललाई सार्वजनिक कास्ट गरिएकोले यस सम्बन्धमा अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्। थप मानिस पक्राउ पर्न सक्नेतर्फ उनीहरूले संकेत गरे।

सपिङ मलको भुइँ तल्लामा रहेको उक्त रेस्टुरेन्टमा ८० देखि सय जना मानिस अट्न सक्ने व्यवस्था छ। जहाँ, अल्कोहलजन्य पेय पदार्थ पनि उपलब्ध गराइन्छ। राति अबेरसम्म सञ्चालन हुने यस रेस्टुरेन्टमा खाइपिइका साथै फुटबल खेलहरू हेर्न सक्ने व्यवस्था मिलाइएको देखिन्छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया