Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पीएम कप सुदूरपश्चिम छनौटको पहिलो दिनको खेलामा अछाम र डडेल्धुरा विजयी

पीएम कप सुदूरपश्चिम छनौटको पहिलो दिनको खेलामा अछाम र डडेल्धुरा विजयी

प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगितामा कञ्चनपुरमा सुरु भएको  छ। आज भएका खेलमा अछाम र डडेल्धुराले विजयी शुरुवात गरेका छन्।

महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उद्घाटन खेलमा डोटीलाई ६१ रनले स्तब्ध पार्दै अछामले विजयी सुरुवात गरेको छ। अछामले दिएको १८९ रनको लक्ष्य पन्छाएको डोटी १२७ रनमा समेटियो। उसका लागि रिदम बलायरले ४२ रन जोडेपनि टिमलाई जिताउन सकेनन्। डोटीलाई सस्तैमा समेट्न अछामका दिपक विष्टले ३ विकेट हात पारे। 

यसअघि पहिला ब्याटिङ गरेको अछामले ३५ ओभरमा अलआउट हुँदै १८८ रन जोडेको थियो। जसमा सुरज तिरुवाले अर्धसतकीय पारी खेल्दै ५२ रन हिर्काए। डोटीका सविन महरा र आयुस खड्काले ३/३ विकेट हात पारे। उत्कृष्ट प्रदर्शन गरेका अछामका सुरज तिरुवा म्यान अफ द म्याच घोषित भए।

यस्तै खुलामञ्च खेलमैदानमा भएको अर्को खेलमा कञ्चनपुरलाई ६ विकेटले हराउदै डडेल्धुराले पनि विजयी शुरुवात गरेको छ। कञ्चनपुरले दिएको १५७ रनको लक्ष्य डडेल्धुराले २३ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो। टिमलाई जिताउन डडेल्धुराका सन्तोस भट्टले ५५ रनको योगदान गरे।

कञ्चनपुरका मिलन बोहराले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले अनिल थापाको ४२ रनको मद्दतमा ९ विकेटको क्षतीमा १५६ रन जोड्यो। डडेल्धुराका रोशन भाटले ३ विकेट लिए। 

अर्धसतकीय पारी खेल्दै ५५ रन हिर्काउने र २ विकेट लिने डडेल्धुराका सन्तोस भट्ट म्यान अफ द म्याच चुनिएका स्कोरर निरञ्जन बोहराले जानकारी दिए। प्रतियोगिता अन्र्तगत आइतबार कभर्डहल मैदानमा कञ्चनपुर र अछाम खेल्दा अर्को खेलमा खुलामञ्च मैदानमा डडेल्धुरा र डोटी प्रतिस्प्रर्धा गर्ने भएका छन्।

पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ। महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रतिक्रिया

ट्रेन्डिङ