Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

पीएम कप सुदूरपश्चिम छनौटको पहिलो दिनको खेलामा अछाम र डडेल्धुरा विजयी

पीएम कप सुदूरपश्चिम छनौटको पहिलो दिनको खेलामा अछाम र डडेल्धुरा विजयी

प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगितामा कञ्चनपुरमा सुरु भएको  छ। आज भएका खेलमा अछाम र डडेल्धुराले विजयी शुरुवात गरेका छन्।

महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उद्घाटन खेलमा डोटीलाई ६१ रनले स्तब्ध पार्दै अछामले विजयी सुरुवात गरेको छ। अछामले दिएको १८९ रनको लक्ष्य पन्छाएको डोटी १२७ रनमा समेटियो। उसका लागि रिदम बलायरले ४२ रन जोडेपनि टिमलाई जिताउन सकेनन्। डोटीलाई सस्तैमा समेट्न अछामका दिपक विष्टले ३ विकेट हात पारे। 

यसअघि पहिला ब्याटिङ गरेको अछामले ३५ ओभरमा अलआउट हुँदै १८८ रन जोडेको थियो। जसमा सुरज तिरुवाले अर्धसतकीय पारी खेल्दै ५२ रन हिर्काए। डोटीका सविन महरा र आयुस खड्काले ३/३ विकेट हात पारे। उत्कृष्ट प्रदर्शन गरेका अछामका सुरज तिरुवा म्यान अफ द म्याच घोषित भए।

यस्तै खुलामञ्च खेलमैदानमा भएको अर्को खेलमा कञ्चनपुरलाई ६ विकेटले हराउदै डडेल्धुराले पनि विजयी शुरुवात गरेको छ। कञ्चनपुरले दिएको १५७ रनको लक्ष्य डडेल्धुराले २३ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो। टिमलाई जिताउन डडेल्धुराका सन्तोस भट्टले ५५ रनको योगदान गरे।

कञ्चनपुरका मिलन बोहराले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले अनिल थापाको ४२ रनको मद्दतमा ९ विकेटको क्षतीमा १५६ रन जोड्यो। डडेल्धुराका रोशन भाटले ३ विकेट लिए। 

अर्धसतकीय पारी खेल्दै ५५ रन हिर्काउने र २ विकेट लिने डडेल्धुराका सन्तोस भट्ट म्यान अफ द म्याच चुनिएका स्कोरर निरञ्जन बोहराले जानकारी दिए। प्रतियोगिता अन्र्तगत आइतबार कभर्डहल मैदानमा कञ्चनपुर र अछाम खेल्दा अर्को खेलमा खुलामञ्च मैदानमा डडेल्धुरा र डोटी प्रतिस्प्रर्धा गर्ने भएका छन्।

पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ। महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रतिक्रिया