Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पाँच खेलाडी पिपल्स च्वाइस अवार्डमा मनोनयन

पाँच खेलाडी पिपल्स च्वाइस अवार्डमा  मनोनयन

पौडीबाज गौरिका सिंहसहित पाँच खेलाडी पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयनमा गौरिकासँगै कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। गत वर्ष उनीहरूले खेलमैदानमा हात पारेको सफलता र चर्चाका आधारमा मनोनयनमा परेका हुन्। 

मनोनयनमा रहेका खेलाडीमध्ये एक जना विजेताको छनोट ईसेवामार्फत भोटिङ, फेसबुक लाइक, मञ्चका पत्रकार र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ। भोटिङका लागि ईसेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीलाई भोट गर्न सकिने व्यवस्था छ। भोटिङका लागि मञ्च र ईसेवाबीच शुक्रबार नै सम्झौता भएको छ। सम्झौतापत्रमा मञ्चका महासचिव प्रज्वल ओली र विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाका सीओओ रोशन लामिछानेले हस्ताक्षर गरे। ‘पिपल्स च्वाइस अवार्ड’ विजेताले पल्सर मोटरसाइकलसँगै आकर्षक उपहार पाउनेछन्। 

यसैगरी, मञ्चले पिपल्स च्वाइससँगै वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफ दी इयर अवार्ड र एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने जनाएको छ। अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ। उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित आकर्षक उपहार प्राप्त गर्नेछन्। 

प्रतिक्रिया

ट्रेन्डिङ