Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पाँच खेलाडी पिपल्स च्वाइस अवार्डमा मनोनयन

पाँच खेलाडी पिपल्स च्वाइस अवार्डमा  मनोनयन

पौडीबाज गौरिका सिंहसहित पाँच खेलाडी पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयनमा गौरिकासँगै कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। गत वर्ष उनीहरूले खेलमैदानमा हात पारेको सफलता र चर्चाका आधारमा मनोनयनमा परेका हुन्। 

मनोनयनमा रहेका खेलाडीमध्ये एक जना विजेताको छनोट ईसेवामार्फत भोटिङ, फेसबुक लाइक, मञ्चका पत्रकार र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ। भोटिङका लागि ईसेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीलाई भोट गर्न सकिने व्यवस्था छ। भोटिङका लागि मञ्च र ईसेवाबीच शुक्रबार नै सम्झौता भएको छ। सम्झौतापत्रमा मञ्चका महासचिव प्रज्वल ओली र विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाका सीओओ रोशन लामिछानेले हस्ताक्षर गरे। ‘पिपल्स च्वाइस अवार्ड’ विजेताले पल्सर मोटरसाइकलसँगै आकर्षक उपहार पाउनेछन्। 

यसैगरी, मञ्चले पिपल्स च्वाइससँगै वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफ दी इयर अवार्ड र एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने जनाएको छ। अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ। उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित आकर्षक उपहार प्राप्त गर्नेछन्। 

प्रतिक्रिया