Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीको माग

कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीको माग

कञ्चनपुर : सीमावर्ती भारतीय बजार वनवसाका व्यापारीको कारोवार ठप्प भएपछि सीमा नाका गड्डाचौकी खोल्न आग्रह गरेको छ। प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो।

नेपालको महेन्द्रनगर लगायत क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारीको लाखौं रुपैयाँको मालसामान उधारो लिएकाले रकम असुलका लागि व्यापारीलाई सीमा क्षेत्रमा प्रवेश गर्न माग गरेका छन्।

वनवसाका व्यापारीहरुले रुद्रपुर, खटिमालगायतका व्यापारीबाट मालसमान ल्याएको हुनाले व्यापारीहरुले रकमका लागि दवाव बनाउन थालेपछि नेपाल आवतजावतका लागि सीमा नाका खुला गर्न माग गरिएको प्रान्तीय व्यापार मण्डल वनवसाका जिल्ला उपाध्यक्ष संजय अग्रवालले बताए।

‘उधारो पैसा असुल गर्न र नयाँ कारोबारका लागि सहज वातावरण सिर्जना गरिनु पर्ने माग राखेर ज्ञापनपत्र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीमार्फत नयाँ दिल्लीस्थित दुतावासमा पठाएका छौं,’ उनले भने।

भारतीय सेनाका पूर्वसैनिकहरुलाई सीमा नाकामा बिनारोकतोक पेन्सन बुझ्न वनवसा, खटिमा र टनकपुर जाने आउने व्यवस्था गरिएझै व्यापारीहरुलाई पनि सोही व्यवस्था गर्न माग गरिएको उनले बताए। लकडाउनका कारण सीमावर्ती वनवसालगायत क्षेत्रको कारोवार ठप्प रहेको छ। वनवसाको ९५ प्रतिशत व्यापार नेपालमा निर्भर रहेको छ।

प्रतिक्रिया