Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीको माग

कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीको माग

कञ्चनपुर : सीमावर्ती भारतीय बजार वनवसाका व्यापारीको कारोवार ठप्प भएपछि सीमा नाका गड्डाचौकी खोल्न आग्रह गरेको छ। प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो।

नेपालको महेन्द्रनगर लगायत क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारीको लाखौं रुपैयाँको मालसामान उधारो लिएकाले रकम असुलका लागि व्यापारीलाई सीमा क्षेत्रमा प्रवेश गर्न माग गरेका छन्।

वनवसाका व्यापारीहरुले रुद्रपुर, खटिमालगायतका व्यापारीबाट मालसमान ल्याएको हुनाले व्यापारीहरुले रकमका लागि दवाव बनाउन थालेपछि नेपाल आवतजावतका लागि सीमा नाका खुला गर्न माग गरिएको प्रान्तीय व्यापार मण्डल वनवसाका जिल्ला उपाध्यक्ष संजय अग्रवालले बताए।

‘उधारो पैसा असुल गर्न र नयाँ कारोबारका लागि सहज वातावरण सिर्जना गरिनु पर्ने माग राखेर ज्ञापनपत्र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीमार्फत नयाँ दिल्लीस्थित दुतावासमा पठाएका छौं,’ उनले भने।

भारतीय सेनाका पूर्वसैनिकहरुलाई सीमा नाकामा बिनारोकतोक पेन्सन बुझ्न वनवसा, खटिमा र टनकपुर जाने आउने व्यवस्था गरिएझै व्यापारीहरुलाई पनि सोही व्यवस्था गर्न माग गरिएको उनले बताए। लकडाउनका कारण सीमावर्ती वनवसालगायत क्षेत्रको कारोवार ठप्प रहेको छ। वनवसाको ९५ प्रतिशत व्यापार नेपालमा निर्भर रहेको छ।

प्रतिक्रिया