ताजा अपडेट
यातायात कार्यालय धनगढीका दुई कर्मचारी सहित सवारीसाधन चोरीमा संलग्न गिरोह पक्राउ
धनगढीः प्रहरीले यातायात कार्यालय धनगढीका दुई कर्मचारी सहित सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारीसाधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायातका दुई जना कर्मचारी सहितको गिरोहलाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार उक्त गिरोहमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई पक्राउ परेका हुन्।
यस्तै उक्त गिरोहमा संलग्न कैलाली र कञ्चनपुरका विभिन्न स्थानका थप ८ जना पनि पक्राउ परेको दावी स्रोतको छ।
उनीहरु मोटरसाईकल लगायतका सवारी साधन चोरी र नक्कली कागजपत्र बनाएर बिक्रि गर्ने काममा लामो समयदेखि सक्रिय रहेको बुझिएको बताईएको छ।
उनीहरुबाट ८ वटा मोटरसाइकल समेत बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन मार्फत पक्राउ परेकाहरुलाइ सार्वजनिक गर्ने तयारी गरेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया