ताजा अपडेट
म्यानमारमा सेनाले सत्ता हातमा लिएसँगै वित्तीय संस्था र इन्टरनेट सेवा अवरुद्ध
म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् ।
बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमलेसमेत काम नगरेको त्यहाँका उपभोक्ताले बताएका छन् । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमलेसमेत काम नगरेको उनीहरुको भनाइ छ । केही बैंकहरूले हिजोदेखि नै अनिश्चितकालसम्मका लागि बैंकको सेवा बन्द भएको घोषणा गरेका छन् ।
इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंकबाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको छ । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्कविच्छेद गराइदिएका छन् । म्यानमारमा नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।
केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया