Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ऋषि कपुरका भाइ तथा अभिनेता राजिव कपुरको निधन

ऋषि कपुरका भाइ तथा अभिनेता राजिव कपुरको निधन

बलिउड अभिनेता राजिव कपुरको हृदयघातका कारण ५८ वर्षको उमेरमा निधन भएको छ । उनले चेम्बूरको इलेक्स अस्पतालमा अन्तिम सास फेरे । उनलाई हृदयघात भएपछि नजिकैको अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनको निधन भइसकेको जानकारी दिए । उनका जेठो दाइ रणधीर कपुर अन्तिम समयमा उनीसँग रहे । 

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार राजिवलाई हृदयघात हुने बित्तिकै दाइ रणधीर कपुरले उनलाई नजिकैको अस्पताल पुर्याए तर उपचार सुरु हुनु अघि नै राजिव कपुरको निधन भयो । भाइको निधन भएको खबर सुन्ने बित्तिकै रणधीर कपुर नराम्रोसँग टुटेको स्रोतले बताएको छ । उनी भावुक भएको तस्बिर पनि भारतीय सञ्चार माध्ययमा देख्न सकिन्छ । 

सात महिना अघि रणधीरका भाइ तथा बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको थियो । अघिल्लो वर्षको अप्रिल ३० मा ऋषि कपुरको निधन भएको थियो । उनी क्यान्सरसँग जुधिरहेका थिए र मुम्बईको अस्पतालमा उनले अन्तिम सास फेरे । 

रणधीरले निकै भावुक हुँदै आफ्ना भाइको मृत्युबारे भने, ‘मैले आफ्नो कान्छो भाइ राजिवलाई गुमाएँ । चिकित्सकले निकै कोसिस गरे तर उनीहरुलाई बचाउन सकिएन ।’ राजिव कपूरले फिल्म ‘एक जान हे हम’ बाट हिन्दी सिनेमामा अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनको सबैभन्दा हिट फिल्म ‘राम थेरी गंगा मैली’ रह्यो । 

 

प्रतिक्रिया