Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

बलिउडकी क्वीन कंगना रनौतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गीतकार जावेद अख्तरद्वारा दर्ता भएको मानहानीको मुद्दालाई लिएर उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । 

अँधेरीको मेट्रोपोलिटन मजिस्ट्रेटले अभिनेत्रीविरुद्ध जमानती पक्राउ पूर्जी जारी गरेको हो । पत्र पठाउँदा पनि अदालतमा उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको अदालतले बताएको छ । 

गत महिना मुम्बई प्रहरीले एक रिपोर्ट दर्ता गरेको थियो । जसमा कंगनाविरुद्ध एक मानहानीको मुद्दा दर्ता भएको थियो । बलिउडका गीतकार जावेद अख्तरका तर्फबाट गरिएको उजुरीका आधारमा मुद्दा दर्ता भएको थियो ।

उजुरीमा जावेदले कुनै प्रमाणबिना नै आफूविरुद्ध झुठो बयान दिएको र आफ्नो सम्मानमा ठेस पुगेको बताएका छन् । सामाजिक आफ्नो दमदार अभिनयका कारण सबैको मनमा बस्न सफल नायिका कंगना पछिल्लो समय सामाजिक सञ्जालमा गर्ने टिप्पणीका कारण विवादमा आएकी हुन् ।

सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने गरेका कारण भारतका विभिन्न राजनीतिक दलदेखि बलिउडकै कलाकारहरु उनको विपक्षमा देखिएका छन् । 

प्रतिक्रिया