Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

अति संवेदनशील विषयमा हल्का–फुल्का टिप्पणी

अति संवेदनशील विषयमा हल्का–फुल्का टिप्पणी

हाम्रा ओल्बाले कुरा कति जानेका के ! उनका कुरा सुनेर कन्टिर–बाबू हिजोदेखि नै दङ्गदास छन् । कहिले विगतमा अदालतलाई प्रभावित गर्न खोजेजस्तै संसद् र सांसदलाई प्रभावित गर्न खोज्छन् । कहिले संसद् पुनःस्थापना भए आन्दोलन गर्ने भन्छन् । कहिले अविश्वास प्रस्ताव पारित भए आफूले दुई तिहाइले जितेर सरकार बनाउने भन्छन् ।

अब अहिले ओल्बालाई सुरक्षा खतरा भयो रे ! लो सुन लो बात । बकलोल गप । कन्टिर–बाबू भन्छन्– त्यत्रो दुई तिहाइको लोकप्रिय नेताले यस्तो फितलो कुरा गरेको एक सुता नसुहाउने क्या !

दिनरात उच्च सतर्कतासाथ सुरक्षा घेराभित्र बस्ने ओल्बाले पोखरामा फेवातालतिर फर्केर ताल न बेतालको गफ गरे । उनीमाथि भौतिक आक्रमण भइहाले कसैले केही आश्चर्य नमाने हुन्छ रे !

लु, भैगो ओल्बाले नै भनेपछि उनका कुरामा कुनै कन्टिर–बाबू आश्चर्य मान्ने पक्षमा छैनन् । तर कन्टिर–बाबू अलमलमा छन्, सुरक्षा संयन्त्रको मुख्य जिम्मेवार व्यक्ति प्रधानमन्त्रीले नै आफूलाई सुरक्षा खतरा छ भन्नुको अर्थ कसरी लगाउने ?

ओल्बाको उक्त हचुवा अभिवयक्ति जनताको सहानुभूति बटुल्ने प्रयास हो कि उनलाई सुरक्षा दिने सुरक्षाकर्मीप्रतिको अविश्वास ? जे भए पनि कन्टिर–बाबू सोध्छन्– आखिर कोबाट खतरा छ ओल्बालाई ?

कालो ब्रिफकेसमा अत्याधुनिक रिमोट हतियार र ढालसहितको नयाँ कमान्डो सुरक्षा दस्ता हालसालै थपिएको हो । के तिनीहरूप्रति विश्वस्त छैनन् ओल्बा ?

यता, अहिले ओल्बाका प्रमुख प्रतिपक्षी भएर देखापरेका पुकदाले पनि गत वर्षको सुरुमै मलाई सुरक्षा–थ्रेट छ भनेर निकै चर्चा कमाएका थिए । कन्टिर–बाबू पुर्पुरोमा हात राखेर सोचिरहेका छन्– के ओल्बाले पनि पुकदाले जस्तै केवल आफू चर्चित हुन सोही पुरानो फन्डा कपी–पेस्ट गरेका हुन् ? कि उनलाई साँच्चिकै सुरक्षा–थ्रेट छ ?

हाम्रा देशका मुख्खे जिम्मेवार मान्छेले नै सुरक्षाजस्तो अति संवेदनशील विषयमा यस्तो हल्का–फुल्का टिप्पणी किन गरेका हुन् ? कन्टिर–बाबू भन्छन्– उनले यसबारे जनतासामु सार्वजनिक खुलासा गर्नैपर्छ ।

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया