Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

न्याय प्रणाली हल्लाउने त्यो रिपोर्ट !

न्याय प्रणाली हल्लाउने त्यो रिपोर्ट !

यहि फागुन १६ गते अछाम जिल्ला अदालतले विरलै हुने तीव्र गतिको विधिबाट बलत्कारविरुद्धको मुद्दामा फैसला सुनायो ।  न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले बलात्कृत भएको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई नै जेल पठाउनै फैसला दियो ।

झुटा मुद्दा दर्ता गरेको आरोपमा ती किशोरीलाई ३ वर्ष ६ महिना जेल तोकियोयो खबर सबैभन्दा पहिला फैसलाको प्रतिलिपिसहित सामाजिक सञ्जाल  । हुँदै प्रहरीसँग पत्रकार (सञ्चारकर्मी) ग्रुपमा आयो ।त्यसपछि त यो समाचार स्थानीयबाट राष्ट्रिय मिडियामा पेट्रोलको आगो जसरी फैलियो ।

एकाएक सामाजिक सञ्जालहरु त्यही खबर र युवती अनि नियमबारेको टिप्पणीले भरिए । यही भीडमा एकजोर आँखाले यो घटनालाई असाधारण नजरले बुझेको रहेछ । राति एक्कासि फोनको घण्टी बज्यो, इनकमिङ कल मेनुका, अचानक झस्किएँ, यति राति किन फोन गर्यो? अस्पताल छे कि भन्ने लाग्यो। निकटसम्बन्धका कारण नशा रोगी हुनाले प्रायः अचानक उनले अस्पताल जानुपर्ने कुराको साक्षी म स्वयम् छु । 

फोन उठाएँ, उताबाट आवाज आयो, दाजु ! आवाज सामान्य लागेर मैले पनि अल्छि गर्दै भनेँ, हमम्... । मलाई आजको फैसलाको घटनाले निद्रै परेन दाजु, उसले एकै स्वरमा भनी । ह्या किन चाहियो, अहिले सुत चुपचाप लागेर, बिहान कुरा गरौँला, मैले भने । नाइँ दाजु यो केश तपाईं हामीले सोचेभन्दा विल्कुल फरक रहेको अनुमान छ मेरो, भोलि त्यो केटी पत्ता लगाएर घरमा जाऊँ  । कमलबजार? मैले एकै शब्दमा सोधें  । उताबाट आवाज आयो, औ । हुन्छ नि त बिहान जाउँला, बिहानै फोन नगर्नु, म आफैँ फोन गर्छु भनेर फोन काटेँ । मोबाइलको डिस्प्ले हेर्दा बिहानको १ बजेर १६ मिनेट भएको थियो । त्यसपछि म निदाएँ ।

बिहान ब्यूँझिदा ८ बजिसकेको थियो, सबै काम सकेर चिया खाँदै अदालतको फैसला फेरि एकपटक पढेँ । मुद्दा दर्ता र फैसला मिति देखेर ठूलो प्रश्न उठ्यो । त्यति नै बेला बैनीको फोन आयो, दाजु कतिखेर हिँड्नुहुन्छ? निस्किँदै छु है भन्दै फोन काटेर म मोटरसाइकलको चाबी लिन कोठा आएँ । चाबि लिएर मोटरसाइकल स्टार्ट गर्न खोज्दा पछाडिको टायर पञ्चर भएको देखेँ । अब पर्यो फसाद । जसोतसो ग्यारेजमा लगेर छोडेँ । एकपटक घरमा कुरा गरेँ । त्यही अघिल्लो दिनबाट १५ महिनाकी छोरी बिरामी थिइन् । घरमा कुरा भइसकेपछि मेनुकालाई फोन गरेर मोटरसाइकल बनाएर आउँछु भने । उसले हुन्छ भनेपछि मेकानिकलाई छिटो गर्न भन्न थालेँ ।

मोटरसाइकल बनिसकेपछि पेट्रोल हाल्दै थिएँ, मेनुकाले फोन गरेर दाजु किशोरीलाई मैले मंगलसेनमा भेट्टाएँ, अब न आउनु भनेपछि म फर्केर आफ्नो काममा लागेँ । बेलाबेलामा बैनीलाई म्यासेज गरिरहन्थे के भयो भनेर । उसले पनि भएजति सबै कुरा भन्थी । त्यो दिन त्यही बिषयमा केन्द्रित भयो । पछिल्लो दिन कान्तिपुरमा जब मेनुकाको बाइलाइन रिपोर्ट आयो ,दोहार्याई तेहेर्याई पढेँ । कयौं पटक आङ सिरिङ्ग भयो, स्टोरीबारे जिल्लामा मै हुँ भन्नेहरुले गरेका कमेन्ट पढेर कयौं पटक रगत पनि उम्लियो । आफू स्वयमले साँझ बिहान भेट्ने साथीभाइका स्तरहीन टिप्पणीले दया लागेर आयो । आफ्नी बैनीको वाहवाही देखेर गर्व पनि लाग्यो । कयौँले न्याय मर्नु हुन्न, हामी साथमा छौँ भन्दै हौसलाका हजारौँ शब्दहरुले सामाजिक सञ्जाल भरे । 
हल्लाको पछाडि नलागेर अलग नजरले हेर्नाले सत्यतथ्य बाहिर आएकोमा धेरैले खुसी व्यक्त गरे । केहीले गलत मुद्दा उठाएर डलरखेति गरीसम्म पनि भने । शनिबार बिहानै न्यायपरिषदले त्यो फैसलाको अध्ययन गर्ने खबर पढिसकेपछि लाग्यो, यो पो हो त पत्रकारिता । जसले यदि गलत छ भने अदालतको फैसलासम्म उल्ट्याउने ल्याकत राख्छ । स्थानीय, प्रदेश र संघीय सरकारबाट अनुदान लिएर त हरकोही मिडिया मालिक बनेर बस्न सक्छ । उनीहरुका लागि काम भनेको आफ्नो पार्टीका नेताको तारिफ र अरु पार्टीका नेताको विरोधबाहेक केही हुँदैन ।

प्रतिक्रिया