Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०९ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एकदिन भानु नेपाल लोक पुगिगया !

एकदिन भानु नेपाल लोक पुगिगया !

कन्टिर–बाबू भन्छन्– नेपालीले वर्षमा एकदिन सम्झिनेमध्ये एक श्रद्धेय हुन्, नेपाली भाषाका आदिकवि भानुभक्त । र, भानुलाई सम्झने त्यो दिन हो असार २९ । 

भनिरहनु जरूरी छैन, नेपाली भाषालाई वर्तमानसम्मको विकसित अवस्थामा ल्याउने सूत्रधार मध्येका एक अत्यन्त महत्त्वपूर्ण स्रष्टा हुन् भानु । जस्तो नाम छ उस्तै नेपाली भाषा आकासमा कहिल्यै नअस्ताउने भानु (सूर्य) हुन् भानुभक्त ।

आज प्रत्येक नेपालीलाई नेपाली भाषामाथि गौरव छ तर भाषा उत्थानकर्ता भानुमाथि नि ... ? कन्टिर–बाबूको यो प्रश्नको उत्तर कसले दिने ? कन्टिर–बाबूको मत छ– आज नेपाली भाषा चौतर्फी अतिक्रमणको शिकार भइरहेको छ र यसको मूल कारक स्वयम् नेपालीभाषी हुन् ।

विदेशी भाषाको बढ्दो प्रयोग र तिनमाथिको निर्भरताका कारण नेपाली भाषा र समाज समस्याग्रस्त बन्दै छ । कुरो त कस्तो भइरहेको छ भने, आफ्नोभन्दा पराइ राम्रो भन्ने सोचबाट सबै ग्रस्त हुन थालेका छन् । अहिले भानु हुन्थे भने दिक्क मान्दै लेख्थे होलान– एकदिन भानु नेपाल लोक पुगिगया भाषाको गरूँ सुधार भनी... ! 

कन्टिर–बाबूले भानुलाई आदर गर्ने कारण अर्काे पनि छ । भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणका सन्दर्भमा भानुको सर्वाधिक महत्त्वपूर्ण योगदान छ ।

कन्टिर–बाबूको ठहर छ, भानु उत्कृष्ट अनुवादक पनि हुन् । निश्चय पनि राष्ट्रिय संस्कृतिको विकास र प्रवर्धनका लागि राष्ट्र–राष्ट्रिय भाषाहरूमा अनुवादको प्रक्रियालाई जोड दिनु अपरिहार्य छ ।

कतिपयले भानुलाई वाल्मीकि रामायणका नेपाली अनुवादक मानेका छन् । तर कतिपयले भानुभक्तले अनुवाद गरेका होइनन् भनेका छन् । वरिष्ठ पत्रकार गोविन्द अधिकारीका अनुसार भानुले रामायणको कथामा नयाँ कृति रचना गरेका हुन् ।

अधिकारी भन्छन्– वाल्मीकीयबाहेक अरू पनि धेरै कथा छन् रामायणका । तुलसीदासको रामायण पनि अनुवाद नभई मौलिक सिर्जना हो ।

जे सुकै होस् । यस्ता कुरामा नअलमलिइकन कन्टिर–बाबू आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक नमन अर्पण गर्छन् । प्रणाम भानु । कन्टिर–बाबू भन्छन्– भानुभक्तले भाषा विकासका सन्दर्भमा पुर्‍याएको योगदानबाट सबैलाई प्रेरणा मिलोस् । आफ्नो ठाउँ र भाषाको महत्त्व चिन्न–लेख्न जाँगर चलोस् !

प्रतिक्रिया