Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २७ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

होटेल तथा पर्यटन ब्याबसायी संघ अछामद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश

होटेल तथा पर्यटन ब्याबसायी संघ अछामद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश

नारायण जोशी
अछाम
-

होटेल तथा पर्यटन व्यवसायी संघ अछामले चौध बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले जारी गरेको लकडाउनले राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको होटेल तथा पर्यटन व्यवसायी धरासायी हुने खतरा बढेको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो ।

यो अवस्थामा परिस्थितिमा देशभरका होटेल व्यवसायीहरुलाई बचाई राख्न र सिङगो होटेल व्यवसायलाई नै पूर्ण रुपामा धरासायी हुनबाट बचाउन संघले पटक पटक तिनै तहका सरकारलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएर सु–सुचित गराउदा पनि बजेटमा नसमेटिएको ज्ञापन पत्रमा उल्लेख छ ' संघिय सरकारले ल्याएको बजेटमा संघले राखेका मागहरु सम्बोधन हुने खालका कुनै पनि कार्यक्रम नआउनुले सरकारले यस क्षेत्रको उपेक्षा गरेको हामिले महसुस गरेका छौँ। 'ज्ञापन पत्रमा भनिएको छ । देशका ८० हजार होटेल व्यवसायीहरुलाई उपेक्षा गर्नु राज्यको तर्फबाट ठुलो भुल भएको उल्लेख गरिएको छ । वर्तमान संकटले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योग र होटेल व्यवसायीलाई मार परेको उल्लेख गरिएको छ ।'

यी व्यवसायलाई बचाई राख्नका लागि विभिन्न राहत प्याकेज उपलब्ध गराई जनजिवन सामान्य अवस्थामा नआईपुग्दा सम्मका लागि सहयोग उपलब्ध गराउन संघिय सरकार समक्ष अपलि गर्दछौँ ' होटेल तथा पर्यटन व्यवसायी संघ अछामका अध्यक्ष महेश कुँवर र महासचिब प्रदिप केसिद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको 'लकडाउन अवधिभर घरभाडाको मारमा परेकालाई पूर्णरुपमा छुटको माग गरेका छौं । संक्रमणकाल रहुन्जेल सम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न र उक्त छुटका लागि घरधनिहरुलाई समेत राहत पुग्ने गरि बैंकको कर्जा भुक्तानी समयाअवधि थप गर्नुका साथै उनिहरुले तिर्ने सम्पूर्ण करहरु समेत छुट गर्न अनुरोध गरेका छौँ ।' साथै तत्कालका लागि चालु व्यवसायलाई धितोका रुपामा मुल्याङकन गरि न्युन व्याज दरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । नेपालमा कोरोना संक्रमण सुरु हुने वित्तिकै महासंघले आफु मातहतका सम्पुर्ण होटलहरु राज्यलाई आवश्यक परेमा विना सुक्ल क्वारेन्टाईनका लागि दिन तयार हुदा पनि ६ महिनाका लागिल सबै होटेल बन्द गर्ने भन्ने निकायसंग सम्झौता गरेर विदेशबाट आउने नेपालीहरुलाई सस्तो दर रेट छाडी महंगो सुल्क तिर्न बाध्य पारी जबरजस्ती तारे होटेलहरुमा बसाईएकोले उक्त निर्णय तत्काल पुनर्विचार गरि आफ्नो ईच्छा अनुसार बस्न पाउने अधिकार प्रदान गर्ने व्यवस्था गर्न ज्ञापन पत्रमा भनिएको छ । यस्तै लामो समयसम्म बन्द रहेका होटेल व्यवसायीलाई सरकारले जारी गरेको मापदण्ड अनुसारका सावधानीहरु अपनाएर खोल्न पाउने व्यवस्था तुरुन्त मिलाउन भनिएको छ । लकडाउनका कारण बेरोजगार भएका श्रमिक तथा मजदुरहरुदलाई पुनर्ताजगी तालिमको व्यवस्था गरि रोजगारीको सिर्जना गर्न पनि माग गरिएको छ । साथै समयमै मागहरुको सुनुवाई भएन भने आगामी दिनमा पलाएनको संघारमा रहेका देशभरका लाखौँ  व्यवसायीहरु बाध्यता बस आन्दोलनमा जानु पर्ने परिस्थितिको आउनसक्ने भन्दै समयमै सचेत गराइएको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया