ताजा अपडेट
प्रधानमन्त्री कप महिला भलिबल: विभागीय पुलिसको जित
सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल अन्तर्गत सोमबारको विभागीय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
नेपालगञ्ज रंगशालाको कभर्ड हलमा भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको हो ।
पहिलो सेट २५–१५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१८, निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २७–२५ र चौथो सेट २५–२३ ले जित्दै पुलिसले खेल आफ्नो पक्षमा पर्यो ।
प्रतियोगितामा लगातार तेस्रो जित निकालेको पुलिसले पहिलो खेलमा न्यु डायमन्ड एकेडेमीलाई ३–२ तथा दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको थियो ।
पहिलो खेलमा लुम्बिनीलाई ३–० को सोझो सेटमा हराएको आर्मी दोस्रो खेलमा नेपाल एपिएफ तथा तेस्रो खेलमा न्यु डायमन्ड एकेडेमीसँग समान ३–१ को सेटमा पराजित भएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया