Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १० पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा

विकृतिरहित शिवरात्रिको घोर शुभकामना

विकृतिरहित शिवरात्रिको घोर शुभकामना

हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न नसकेको शिवजीको महिमा विचरा कन्टिर–बाबूले कसरी गरुन् रु अझ शिवरात्रिका दिन कैलाश–डाँडा, देवपत्तन, किरातेश्वर, वनकाली, मृगस्थली, विश्वरुपा, गुह्येश्वरी, राम मन्दिर, श्लेषमान्तक आदि–इत्यादिमा छेउकुनामा शिवभक्त युवा–युवतीबाट प्रदर्शित हुने रमिताको बयान गर्न त दुई हजार जिब्रा भएका शेषनागले पनि सक्दैनन् होला भन्ने कन्टिर–बाबूलाई लागिरहेको छ ।

शिवरात्रिका दिन कन्टिर–बाबू बिहानदेखि अन्यमनस्क भावमा छन् । उनले सुरुमा जसलाई भेट्यो उसैलाई ‘जय शम्भो‘ भन्दै थिए, बीचमा अचानक एक जना मित्रले ‘जय शम्भो गाँजा कम’ भो भनेर जबाफ फर्काएपछि भने उनी फतफताउन थाले ।

तर जहाँसम्म उनको फतफत्याइको कारणलाई अथ्र्याउने सन्दर्भ छ, उनी शिवरात्रिका नाममा भित्रिएका विकृत व्यवहारविरुद्ध फतफताइरहेका हुन् । हो पनि, भगवान् शिवको प्रिय दिन–रात मानिने शिवरात्रिको तिथिलाई उनै शिवका नाममा उनैका भक्तले मानमर्दन गरेको देखेपछि कन्टिर–बाबूको चित्त नबुझ्नु स्वाभाविक छ ।

अरे यार, नागा बाबा भनाउँदाले पशुपतिमा देखाउने अनपेक्षित करतब, शिवबुटीका नाममा हुने गाँजाको निर्वाध कारोबार आदिले पवित्र पाशुपत क्षेत्रको सतप्रतिशत मानमर्दन गरिरहेको छ । त्यस्तै, एक सर्को दुनियाँ अर्को भन्दै सबै पुरुषले आफूलाई शिवजी र सबै महिलाले आफूलाई पार्वती सम्झेर बेरोकटोक विकृति प्रश्रय दिने सन्दर्भप्रति कन्टिर–बाबूको घोर आपत्ति छ ।

अझ शिवरात्रिका दिन श्लेषमान्तक वनमा अङ्ग्रेजी डिजे बजाएर जथाभावि उफ्रिने सन्दर्भले कन्टिर–बाबू थप चिन्तित छन् । सनातन संस्कृतिको संवर्धन हुनुपर्ने पक्षमा सधैँ अडिग कन्टिर–बाबूलाई लाग्छ– तर त्यसको पनि एउटा सीमा हुन्छ । गुलियो पनि धेर भयो भने तितो हुन्छ ।

यो पनि शिवको त्यो पनि शिवको, सारा संसार शिवको म पनि शिवको भन्ने भक्ति भजन सुनेका कन्टिर–बाबूलाई थाहा छ शिव भनेको मङ्गल, कल्याण, आनन्द, मुक्ति, मोक्ष, समाप्ति पनि हो । यस्तोमा विकृतिरहित आनन्दको खोजीमा लाग्न सबै शिवभक्तहरूलाई कन्टिर–बाबूको सुझाव छ ।

शिवबुटी भन्दै गाँजा, भाङ, धतुरोको अधिक प्रयोगले मान्छेको ज्ञान, बुद्धि, विवेक समाप्त पार्न पनि सक्छ । किनकि कन्टिर–बाबूलाई मात्र होइन, दुनियाँलाई थाहा छ– जम्माजम्मी एक जना शिवले मात्र हो विष पनि पचाउने । अरू सबै अनुयायी मात्र हुन् । अनुयायीको हुने प्रयत्न बत्तीमा पुतली डढ्न खोज्नुभन्दा पर्तिर होइन ।

शिव सम्झिने विशेष दिनमा कन्टिर–बाबूका तर्फबाट सबै शिवभक्तहरूमा विकृतिरहित शिवरात्रिको घोर शुभकामना १ जय शम्भो १

प्रतिक्रिया