Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १६ फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

राजनीतिमा प्रचण्डका गल्ती नै गल्ती

राजनीतिमा प्रचण्डका गल्ती नै गल्ती

एउटा उखान छ, चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी। लैंगिक दृष्टिले दोषपूर्ण यो उखान यति बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक जीवनमा चरितार्थ भएको छ। 

दाहाललाई ठूलो पार्टीकोxn अध्यक्ष हुने उत्पात रहर लागेको थियो।  त्यसैले उनले माओवादीको अस्तित्व नै मेटिने गरी नेकपा एमालेमा विलय गराएका थिए। अहिले उनी त्यसकै परिणाम बेहोरिरहेका छन्। अरूको काँधमा बन्दुक राखेर पड्काउन खप्पिस दाहाल सत्ता स्वार्थको झोलमा नराम्ररी डुबेका छन्। 

त्यसो त दाहालले राजनीतिक जीवनमा अनेक गल्ती गरेका छन्। पार्टी विलय गरेर खड्गप्रसाद ओलीको शरणमा पर्नु सायद उनको पछिल्लो ठूलो गल्ती थियो। विलय हुन उनले जुन पार्टी रोजेका थिए, त्यसमा पहिलेदेखि नै ओलीको हालीमुहाली रहेको सम्भवतः उनले बुझेनन् या पदीय लालसामा आफूलाई चुर्लुम्म डुबाइदिए।

अस्थिर र कार्यकर्तामुखी अभिव्यक्ति दिन खप्पिस दाहालले राजनीतिमा यस्ता अनेकन् गल्ती गरेका छन्, जसले नेपालको समग्र राजनीतिको कोर्स नै उल्टो दिशामा लगिदिएको छ। 

पहिलोपटक २०६५ भदौ २ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका दाहालले नौ महिना शासन सञ्चालन गरेका थिए। तत्कालीन प्रधानसेनापति रुक्मागंद कटवालमाथि विष वमन गरेपछि उनी सत्ताबाट बाहिरिन पुगे। दाहालमा जनयुद्धको धङधङी र संविधानसभामा पहिलो दल भएको तुजुक र घमण्ड थियो। त्यही तुजुक कटवालविरुद्ध प्रयोग गरे, परिणामस्वरूप सत्ताबाट बाहिरिन पुगे। 

दोस्रोपटक प्रधानमन्त्री बन्दा दाहालले संसद्मा सम्बोधन गर्दै विगतमा आफूले केही गल्ती गरेको स्वीकारे। त्यति मात्र होइन, उनले ती गल्तीका कारण देशले नै प्रतिकूल मूल्य चुकाउनुपरेको पनि बताएका थिए।  उक्त आत्मबोधले उनलाई आगामी दिनमा गल्ती नगर्न उत्प्रेरित गर्ने विश्वास गरिएको थियो। तर उनको गल्तीको शृंखला रोकिएन। 

दाहाल भावनामा बग्ने नेता हुन्। भावुक व्यक्तिले तर्क र यथार्थका आधारमा भन्दा भावनाका आधारमा निर्णय गर्छन्। यसरी निर्णय गर्दा त्रुटि हुन्छ र राजनीतिकर्मीले गल्ती गर्दा त्यसको प्रभाव निर्णयकर्तासम्म मात्र सीमित रहँदैन। प्रभावको आयतन विस्तार हुन्छ र जनतासम्म पुग्छ। 

दाहालका सन्दर्भमा पनि यसै भएको हो। दाहाल र उनको पार्टीले गरेको निर्णयका कारण देशमा प्रतिकूल प्रभाव परेको र राजनीतिले नयाँ ‘डिस्कोर्स’ लिएका घटनाको सूची लामै छ। उक्त सूचीमा समेट्न सकिने प्रचण्डका राजनीतिक गल्तीका केही महत्त्वपूर्ण बुँदाः 

-   शान्ति प्रक्रियाको मूल सूत्रधार नेपाली कांग्रेससँग दूरी बढाउनु। जबकि दाहाल कांग्रेसकै सहयोगमा राजनीतिको मूल प्रवाहमा आएका थिए। 

-  पहिलो संविधानसभाको निर्वाचनपछि कांग्रेसलाई किनारा लगाएर एमाले र मधेशकेन्द्रीत दलको सहयोग—समर्थनमा प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्नु ।

- नेपालको संविधान २०७२ को कार्यान्वयनपश्चात भएको स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गर्नु र संसदीय निर्वाचनमा एमालेसँग टाँसिनु । 

-   विगतमा संविधान बन्नुअघि सरकार बनाउने नाममा सहमतीयको सट्टा बहुमतीय सरकारको पक्षमा देखिनु र राजनीतिलाई नयाँ ढंगले ध्रुबीकृत गर्ने प्रयास गर्नु । लामो समयसम्म मधेशकेन्द्रीत दललाई ‘प्रयोग’ गर्नु र पछि त्यतिकै पाखा लगाउनु ।

-  प्रधानमन्त्रीले सेनापतिसँग विश्वासको सम्बन्ध विकसित गर्न नसक्नु र तात्कालीन सेनापति रुक्मांगद कटुवाललाई अपदस्थ गर्ने असफल प्रयास गर्नु ।

-  राजनीतिमा झूठ र धोखाको प्रवृत्तिलाई महत्व दिई स्थापित गर्नु । सम्भावना भएका व्यक्तिको उपयोग गर्नु र प्रयोगहीन बनाएर छोडिदिनु । स्थापित सीमित कार्यकर्ताबाहेक अन्यको राजनीतिक संरक्षण नगर्नु ।

-  नेपाली कांग्रेसका तात्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्नु । त्यसपछिका दिनमा प्रथम राष्ट्रपति डा। रामवरण यादवलाई असहयोग गर्नु र राष्ट्रपतिका विरुद्ध बेलाबखत गैरराजनीतिक टिप्पणी गर्नु ।

-   माओवादी लडाकु समायोजनका सन्दर्भमा संख्या र प्रक्रियाबारे अपारदर्शी हुनु ।

- शिविरमा रहेका माओवादी लडाकुका लागि उपलब्ध रकमको हिसाबकिताब स्पष्ट सार्वजनिक नगर्नु ।

-   पार्टी फूटको अवस्थालाई रोक्न नसक्नु, मोहन वैद्य र बाबुराम भट्टराईजस्ता ‘थिंक ट्यांक’ पार्टीबाट अलग्गिनु ।

-   वामपन्थी मोहका नाममा आफू मूलधारको वामपन्थी पार्टी हुने अवसरका विरुद्ध सम्झौता गरी एमाले नेतृत्वको सरकारमा सामेल भई मुख्य प्रतिस्पर्धी एमालेलाई नै मूलधार बन्न सघाउनु ।

-   प्रधानमन्त्री हुँदा सन्तुलित विदेशनीति कायम राख्न नसक्नु । दुवै छिमेकीलाई विभिन्न सन्दर्भमा ‘कार्ड’का रुपमा प्रयोग गर्न खोज्नु ।

- राजनीतिमा जातीयता र क्षेत्रीयताको बिजारोपण गरी समाजलाई मानसिकरुपमा विभाजित हुन उत्प्रेरकको भूमिकाको निर्वाह गर्नु र माक्र्सवादको अवधारणाविरुद्ध वर्गवादमा विश्वास गर्नु। 

निश्चय पनि यी गल्तीले राष्ट्रिय राजनीतिमा अर्थपूर्ण तर नकारात्मक भूमिका निर्वाह गरेको हेक्का स्वयं दाहाललाई पनि होला। आशा गरौं, दाहालले विगतका आफ्ना गल्तीबाट शिक्षा ग्रहण गर्नेछन् र आगामी दिनमा आफूलाई सन्तुलित ढंगले निर्देशित गर्नेछन्। 

प्रतिक्रिया