Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

ट्विटरले भन्यो- सबै जनाले मास्क लगाए भने ट्विट सम्पादन गर्न मिल्ने सुविधा हुनेछ

ट्विटरले भन्यो- सबै जनाले मास्क लगाए भने ट्विट सम्पादन गर्न मिल्ने सुविधा हुनेछ

सामाजिक सञ्जाल ट्विटरले बिहीबार एक प्रस्ताव राख्दै गरेको एक ट्विटका कारण धेरै प्रयोगकर्ता उत्साहित भए। ट्विटरले यो प्रस्तावमा एक शर्त पनि राखेको छ।

उसले भनेको छ- जब सबै जनाले मास्क लगाउनेछन्, तब तपाईंहरूले आफ्नो ट्विट सम्पादन गर्न मिल्ने सुविधा पाउनुहुनेछ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ट्विटरले आफ्नो आधिकारिक एकाउन्टबाट गरेको यो ट्विट तुरून्तै 'भाइरल' भयो। करिब १२ घन्टामै यसमा २० लाखभन्दा बढी 'लाइक' र ५ लाखभन्दा बढी पटक 'रि-ट्विट' भएको थियो। 

प्रयोगकर्ताले ट्विट सम्पादन गर्न नपाउने भएकाले धेरैले यो सुविधा हुनुपर्ने बताउँदै आएका छन्। यो सुविधा पाइएला भनेर धेरैले आश गरे पनि यो व्यवहारिक रूपमा सम्भव देखिँदैन। किनकि, सबै जनाले मास्क लगाउनुपर्ने भन्ने कुरामा कम्पनी अडिग भएको सिएनएनले जनाएको छ।

'सबै जना भनेको वास्तवमै सबै जना हो। यसमा थप भन्नुपर्ने कुरै छैन,' कम्पनीका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।

संसारभर कोरोना महामारी फैलिएका बेला सरकारहरूले मास्क लगाउन आग्रह गरिरहेका छन्। ट्विटरले पनि यही आग्रहमा साथ दिन यस्तो प्रस्ताव राखेको बताइएको छ। 

सिएनएनका अनुसार केहीले भने यसलाई 'राजनीतिक मुद्दा' बताएका छन् किनकि अमेरिका र केही देशमा मास्क लगाउनुलाई राजनीतिसँग जोडिएको छ।

केही प्रयोगकर्ताले अमेरिकी राष्ट्रपतिको समर्थन गर्दै मास्क लगाउन नपर्ने भन्दै ट्विट गर्दै आएका छन्। मास्कले कोरोना भाइरस फैलिन कम गर्ने कुरा धेरै अध्ययनहरूले पुष्टि गरिसकेको छ। ट्रम्पले भने यो कुरा स्वीकार नगरेकाले 'मास्क-विरोधी' हरूले मास्क लगाउन नपर्ने भन्दै ट्विट गरेका पनि छन्।

फेसबुकमा पोस्ट सम्पादन गर्न पाउने सुविधा पहिलेदेखि छ तर वास्तविक पोस्ट पनि हेर्न मिल्छ।

कोरोना महामारीबेलामा केही प्रयोगकर्ताले गरेका ट्विटका कारण अफवाह फैलिएको भन्दै कम्पनीले हजारौं ट्विटर एकाउन्ट हटाएको थियो। अहिले पनि कोरोना बारे भ्रामक र झुटा ट्विट गर्ने एकाउन्टहरू कम्पनीले हटाइरहेको छ। 

 

 

प्रतिक्रिया