Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ट्विटरले भन्यो- सबै जनाले मास्क लगाए भने ट्विट सम्पादन गर्न मिल्ने सुविधा हुनेछ

ट्विटरले भन्यो- सबै जनाले मास्क लगाए भने ट्विट सम्पादन गर्न मिल्ने सुविधा हुनेछ

सामाजिक सञ्जाल ट्विटरले बिहीबार एक प्रस्ताव राख्दै गरेको एक ट्विटका कारण धेरै प्रयोगकर्ता उत्साहित भए। ट्विटरले यो प्रस्तावमा एक शर्त पनि राखेको छ।

उसले भनेको छ- जब सबै जनाले मास्क लगाउनेछन्, तब तपाईंहरूले आफ्नो ट्विट सम्पादन गर्न मिल्ने सुविधा पाउनुहुनेछ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ट्विटरले आफ्नो आधिकारिक एकाउन्टबाट गरेको यो ट्विट तुरून्तै 'भाइरल' भयो। करिब १२ घन्टामै यसमा २० लाखभन्दा बढी 'लाइक' र ५ लाखभन्दा बढी पटक 'रि-ट्विट' भएको थियो। 

प्रयोगकर्ताले ट्विट सम्पादन गर्न नपाउने भएकाले धेरैले यो सुविधा हुनुपर्ने बताउँदै आएका छन्। यो सुविधा पाइएला भनेर धेरैले आश गरे पनि यो व्यवहारिक रूपमा सम्भव देखिँदैन। किनकि, सबै जनाले मास्क लगाउनुपर्ने भन्ने कुरामा कम्पनी अडिग भएको सिएनएनले जनाएको छ।

'सबै जना भनेको वास्तवमै सबै जना हो। यसमा थप भन्नुपर्ने कुरै छैन,' कम्पनीका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।

संसारभर कोरोना महामारी फैलिएका बेला सरकारहरूले मास्क लगाउन आग्रह गरिरहेका छन्। ट्विटरले पनि यही आग्रहमा साथ दिन यस्तो प्रस्ताव राखेको बताइएको छ। 

सिएनएनका अनुसार केहीले भने यसलाई 'राजनीतिक मुद्दा' बताएका छन् किनकि अमेरिका र केही देशमा मास्क लगाउनुलाई राजनीतिसँग जोडिएको छ।

केही प्रयोगकर्ताले अमेरिकी राष्ट्रपतिको समर्थन गर्दै मास्क लगाउन नपर्ने भन्दै ट्विट गर्दै आएका छन्। मास्कले कोरोना भाइरस फैलिन कम गर्ने कुरा धेरै अध्ययनहरूले पुष्टि गरिसकेको छ। ट्रम्पले भने यो कुरा स्वीकार नगरेकाले 'मास्क-विरोधी' हरूले मास्क लगाउन नपर्ने भन्दै ट्विट गरेका पनि छन्।

फेसबुकमा पोस्ट सम्पादन गर्न पाउने सुविधा पहिलेदेखि छ तर वास्तविक पोस्ट पनि हेर्न मिल्छ।

कोरोना महामारीबेलामा केही प्रयोगकर्ताले गरेका ट्विटका कारण अफवाह फैलिएको भन्दै कम्पनीले हजारौं ट्विटर एकाउन्ट हटाएको थियो। अहिले पनि कोरोना बारे भ्रामक र झुटा ट्विट गर्ने एकाउन्टहरू कम्पनीले हटाइरहेको छ। 

 

 

प्रतिक्रिया