Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पञ्चायत कालमै  सुरु भएको ‘चिसापानी–जंगलघाट–मंगलसेन’ सडकले गणतन्त्र आउँदा पनि मूर्तरुप लिन सकेन

पञ्चायत कालमै  सुरु भएको ‘चिसापानी–जंगलघाट–मंगलसेन’ सडकले गणतन्त्र आउँदा पनि मूर्तरुप लिन सकेन

अछाम 

अछामको मंगलसेनलाई तराईसँग जोड्ने छोटो दूरीको चिसापानी–जंगलघाट–मंगलसेन सडक प्रदेश सरकारले ‘प्रदेश गौरव आयोजना’ का रुपमा राखेको ३ वर्ष भयो तर निर्माण सुस्त छ।

२०२८ सालमा तत्कालीन अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले चिसापानी–जंगलघाट–मंगलसेन ट्याक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेका थिए। राजाको पालामा सडकको योजना त बन्यो तर त्यसले पञ्चायत हुँदै प्रजातन्त्र र अहिले गणतन्त्र आउँदासमेत मूर्त रुप पाएको छैन।

धनगढीबाट अछामसम्म झण्डै तीन सय किलोमिटर सडक छ। तर चिसापानी–जंगलघाट–मंगलसेन सडक बन्यो भने त्यो दूरी १ सय १० किलोमिटरमा छोटिनेछ। २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले कैलालीसँग सीमाना जोडिएको भारतको तीकुनियाबाट जिप किनेर त्यसलाई काठमा बाँधेर, काँधमा बोकेरै मंगलसेन ल्याएका थिए।

‘तत्कालीन जिल्ला पञ्चायत सभापतिको विकासप्रति तीव्र इच्छा थियो। हामी जिप बोकेको हेर्नकै लागि चिसापानीबाट अछामसम्म पुगेका थियौं’, राष्ट्रिय अनुसन्धान विभागका सेवा निवृत डीएसपी दानबहादुर रावलले भने। जिप पुगेपछि भण्डारीले राजा महेन्द्रलाई सडक योजना माग गरेका थिए।

चिसापानी–जंगलघाट–मंगलसेन सडक त बनेन तर दुर्गम जिल्लाको श्रेणीमा रहेको अछाममा गाडी पुगेको भन्दै कर्मचारीले पाउने दुर्गमभत्ता भने काटियो। त्यतिबेला सदरमुकाममा गाडी भएको जिल्ला सुगम मानिन्थ्यो। उनले काँधमा बोकेर सदरमुकाममा गाडी पुगेकाले अछाम सुगम जिल्ला भएको बताए।

प्रदेश सरकारले पहिलो वर्ष नै यो सडकलाई प्रदेश गौरव आयोजनाका रुपमा अघि बढायो। यो सडकको अहिले ठेक्का मात्रै भएको छ। प्रदेशले यसको नाम चिसापानी–ऋषिदह–बडिमालिका सडक आयोजना नाम दिएको छ। यो सडकको चालु आर्थिक वर्षमा बल्ल साढे ९ करोडको ठेक्का भएको छ। यही जेठ ९ गते बानियाँ निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भइ जेठ २९ गतेदेखि काम सुरु भएको पूर्वाधार कार्यालय अछामले जनाएको छ।

पूर्वाधार कार्यालयका अछामका प्रमुख जंगबहादुर थापा भन्छन्, ‘जंगलघाटदेखि तुर्माखाद गाउँपालिकाको बाँसकाँडासम्म २४ किलोमिटर खोलिएको ट्रयाकमा स्तोन्नति गरिएको छ।’

यो सडक कैलालीको चिसापानी हुँदै जंगलघाट अछामको तुर्माखाद, गैरीटाड, कालागाउँ, दर्ना, माझेठाना, जयगढ नन्देगढा, मेल्लेख, षोडशा, क्रषिदह हुँदै बाजुराको बडिमालिका पु¥याइनेछ। बैतडीको सतबाँझ– श्रीभावर सडक प्रदेश गौरवको आयोजना हो।

प्रतिक्रिया