Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पञ्चायत कालमै  सुरु भएको ‘चिसापानी–जंगलघाट–मंगलसेन’ सडकले गणतन्त्र आउँदा पनि मूर्तरुप लिन सकेन

पञ्चायत कालमै  सुरु भएको ‘चिसापानी–जंगलघाट–मंगलसेन’ सडकले गणतन्त्र आउँदा पनि मूर्तरुप लिन सकेन

अछाम 

अछामको मंगलसेनलाई तराईसँग जोड्ने छोटो दूरीको चिसापानी–जंगलघाट–मंगलसेन सडक प्रदेश सरकारले ‘प्रदेश गौरव आयोजना’ का रुपमा राखेको ३ वर्ष भयो तर निर्माण सुस्त छ।

२०२८ सालमा तत्कालीन अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले चिसापानी–जंगलघाट–मंगलसेन ट्याक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेका थिए। राजाको पालामा सडकको योजना त बन्यो तर त्यसले पञ्चायत हुँदै प्रजातन्त्र र अहिले गणतन्त्र आउँदासमेत मूर्त रुप पाएको छैन।

धनगढीबाट अछामसम्म झण्डै तीन सय किलोमिटर सडक छ। तर चिसापानी–जंगलघाट–मंगलसेन सडक बन्यो भने त्यो दूरी १ सय १० किलोमिटरमा छोटिनेछ। २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले कैलालीसँग सीमाना जोडिएको भारतको तीकुनियाबाट जिप किनेर त्यसलाई काठमा बाँधेर, काँधमा बोकेरै मंगलसेन ल्याएका थिए।

‘तत्कालीन जिल्ला पञ्चायत सभापतिको विकासप्रति तीव्र इच्छा थियो। हामी जिप बोकेको हेर्नकै लागि चिसापानीबाट अछामसम्म पुगेका थियौं’, राष्ट्रिय अनुसन्धान विभागका सेवा निवृत डीएसपी दानबहादुर रावलले भने। जिप पुगेपछि भण्डारीले राजा महेन्द्रलाई सडक योजना माग गरेका थिए।

चिसापानी–जंगलघाट–मंगलसेन सडक त बनेन तर दुर्गम जिल्लाको श्रेणीमा रहेको अछाममा गाडी पुगेको भन्दै कर्मचारीले पाउने दुर्गमभत्ता भने काटियो। त्यतिबेला सदरमुकाममा गाडी भएको जिल्ला सुगम मानिन्थ्यो। उनले काँधमा बोकेर सदरमुकाममा गाडी पुगेकाले अछाम सुगम जिल्ला भएको बताए।

प्रदेश सरकारले पहिलो वर्ष नै यो सडकलाई प्रदेश गौरव आयोजनाका रुपमा अघि बढायो। यो सडकको अहिले ठेक्का मात्रै भएको छ। प्रदेशले यसको नाम चिसापानी–ऋषिदह–बडिमालिका सडक आयोजना नाम दिएको छ। यो सडकको चालु आर्थिक वर्षमा बल्ल साढे ९ करोडको ठेक्का भएको छ। यही जेठ ९ गते बानियाँ निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भइ जेठ २९ गतेदेखि काम सुरु भएको पूर्वाधार कार्यालय अछामले जनाएको छ।

पूर्वाधार कार्यालयका अछामका प्रमुख जंगबहादुर थापा भन्छन्, ‘जंगलघाटदेखि तुर्माखाद गाउँपालिकाको बाँसकाँडासम्म २४ किलोमिटर खोलिएको ट्रयाकमा स्तोन्नति गरिएको छ।’

यो सडक कैलालीको चिसापानी हुँदै जंगलघाट अछामको तुर्माखाद, गैरीटाड, कालागाउँ, दर्ना, माझेठाना, जयगढ नन्देगढा, मेल्लेख, षोडशा, क्रषिदह हुँदै बाजुराको बडिमालिका पु¥याइनेछ। बैतडीको सतबाँझ– श्रीभावर सडक प्रदेश गौरवको आयोजना हो।

प्रतिक्रिया