Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्याडिस्ट राजनीतिबीच बोलीमा अडिने नायकको सम्झना

स्याडिस्ट राजनीतिबीच बोलीमा अडिने नायकको सम्झना

बाबू कोही बोल्नेबालाको मुखमा बुजो लगाउन सक्दैनन् । त्यस्तो प्रयास गर्नु पनि किन ? अरे भाइ सबै आफ्ना मनका मर्जीबाला छन्– मनमौजी । सबलाई निर्बाध बोल्न दिइनुपर्छ भन्ने कुरामा कन्टिर–बाबू सहमत छन् । हिजोआज यस्तै मनमौजीहरूले भनेको सुनिन्छ– नेपाली समाज स्याडिस्ट अर्थात् परपीडक छ ।

कन्टिर–बाबुलाई कहिलेकाहीँ त यो कुरा हो जस्तो पनि लाग्छ । अब उदाहरण नै लिऊँ न । आदरणीय नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा यस समाजका प्रबुद्ध भनिनेहरूले नै कस्तो धारणा र प्रतिक्रिया व्यक्त गरे भन्ने कुरा कन्टिर–बाबू कसरी बिर्सन सक्छन् ?

सुरुमा ‘माले, मन्डले र मसाले एकै हुन्’ भन्ने गिरिजा–बाबूले पछि बहुमत पार्टी कार्यकर्ताहरूको भावनालाई सम्मान गर्दै कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रिया र बहुदलीय प्रतिस्पर्धाको मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । तथापि पार्टीभित्र र बाहिर हवल्दार आदि पदावली प्रयोग गर्दै उनको खेदो खन्नेहरूलाई कन्टिर–बाबुले चिनेका छैनन् र ?

ताज्जुब त के छ भने आज तिनै स्याडिस्टहरू गिरिजा–बाबूको प्रशंसा गरेर थाक्दैनन् । देख्नुहुन्न ती प्रचन्नको हालत ! आफूलाई राजनीतिको मूलधारमा ल्याउने तिनै गिरिजा–बाबूसँग ३६ को सम्बन्ध राख्ने यिनै प्रचन्न होइनन् ।

अहिले बडो आफूलाई गिरिजा–बाबूको उत्तराधिकारी हुँ, शान्ति–प्रक्रियाका बाँकी काम पूरा गर्ने अभिभारा गिरिजा–बाबूले आफूलाई जिम्मा लाएर जानुभएको छ भन्दै निर्लज्ज वाणी ओकलिरहेछन् प्रचन्न ।

खयर प्रचन्नले गिरिजा–बाबूलाई माध्यम बनाएर राजनीति गर्न खोज्ने प्रचन्न उल्लिखित अभिव्यक्तिमा कन्टिर–बाबू टिप्पणी गर्न आवश्यक ठान्दैनन् । ‘हामी जे बोल्छौँ, त्यो गर्छौँ’ भनेर जुनसुकै परिस्थितिमा पनि आफ्नो बोलीमा अडिग रहनसक्ने अद्भूत क्षमता भएका गिरिजा–बाबूबाट कन्टिर–बाबू निकै प्रभावित छन् ।

कन्टिर–बाबू भन्छन्– नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता, जन आन्दोलन २०६२ र ०६३ का कमान्डर, शान्ति प्रक्रियाका नायक, नेपाली काङ्ग्रेसका पूर्व–सभापति तथा पूर्व–प्रधानमन्त्री श्रद्धेय गिरिजा–बाबूको ११औँ स्मृति दिवसका सन्दर्भमा हार्दिक श्रद्धा सुमन !

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया