Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

स्याडिस्ट राजनीतिबीच बोलीमा अडिने नायकको सम्झना

स्याडिस्ट राजनीतिबीच बोलीमा अडिने नायकको सम्झना

बाबू कोही बोल्नेबालाको मुखमा बुजो लगाउन सक्दैनन् । त्यस्तो प्रयास गर्नु पनि किन ? अरे भाइ सबै आफ्ना मनका मर्जीबाला छन्– मनमौजी । सबलाई निर्बाध बोल्न दिइनुपर्छ भन्ने कुरामा कन्टिर–बाबू सहमत छन् । हिजोआज यस्तै मनमौजीहरूले भनेको सुनिन्छ– नेपाली समाज स्याडिस्ट अर्थात् परपीडक छ ।

कन्टिर–बाबुलाई कहिलेकाहीँ त यो कुरा हो जस्तो पनि लाग्छ । अब उदाहरण नै लिऊँ न । आदरणीय नेता गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा यस समाजका प्रबुद्ध भनिनेहरूले नै कस्तो धारणा र प्रतिक्रिया व्यक्त गरे भन्ने कुरा कन्टिर–बाबू कसरी बिर्सन सक्छन् ?

सुरुमा ‘माले, मन्डले र मसाले एकै हुन्’ भन्ने गिरिजा–बाबूले पछि बहुमत पार्टी कार्यकर्ताहरूको भावनालाई सम्मान गर्दै कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रिया र बहुदलीय प्रतिस्पर्धाको मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । तथापि पार्टीभित्र र बाहिर हवल्दार आदि पदावली प्रयोग गर्दै उनको खेदो खन्नेहरूलाई कन्टिर–बाबुले चिनेका छैनन् र ?

ताज्जुब त के छ भने आज तिनै स्याडिस्टहरू गिरिजा–बाबूको प्रशंसा गरेर थाक्दैनन् । देख्नुहुन्न ती प्रचन्नको हालत ! आफूलाई राजनीतिको मूलधारमा ल्याउने तिनै गिरिजा–बाबूसँग ३६ को सम्बन्ध राख्ने यिनै प्रचन्न होइनन् ।

अहिले बडो आफूलाई गिरिजा–बाबूको उत्तराधिकारी हुँ, शान्ति–प्रक्रियाका बाँकी काम पूरा गर्ने अभिभारा गिरिजा–बाबूले आफूलाई जिम्मा लाएर जानुभएको छ भन्दै निर्लज्ज वाणी ओकलिरहेछन् प्रचन्न ।

खयर प्रचन्नले गिरिजा–बाबूलाई माध्यम बनाएर राजनीति गर्न खोज्ने प्रचन्न उल्लिखित अभिव्यक्तिमा कन्टिर–बाबू टिप्पणी गर्न आवश्यक ठान्दैनन् । ‘हामी जे बोल्छौँ, त्यो गर्छौँ’ भनेर जुनसुकै परिस्थितिमा पनि आफ्नो बोलीमा अडिग रहनसक्ने अद्भूत क्षमता भएका गिरिजा–बाबूबाट कन्टिर–बाबू निकै प्रभावित छन् ।

कन्टिर–बाबू भन्छन्– नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता, जन आन्दोलन २०६२ र ०६३ का कमान्डर, शान्ति प्रक्रियाका नायक, नेपाली काङ्ग्रेसका पूर्व–सभापति तथा पूर्व–प्रधानमन्त्री श्रद्धेय गिरिजा–बाबूको ११औँ स्मृति दिवसका सन्दर्भमा हार्दिक श्रद्धा सुमन !

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया