Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भलिबलमै जिन्दगी देखेकी अछामी चेली सरस्वती

भलिबलमै जिन्दगी देखेकी अछामी चेली सरस्वती

अछाम। सबैले जीवनको सुरुवात सघर्षबाट नै थालेका हुन्छन्। जब सघर्ष सफतलामा बदलिन्छ अनि पाईन्छ जीवनको वास्तविक रुप मोजाको बलले गाउॅंका बारीको पाटोमा भलिबलको अभ्यास गर्ने देखि अन्तराष्ट्रिय भलिबल कोर्टसम्मको यात्रा पार गर्ने र भलिबल नै आफ्नो जीवन मानेर लाग्नेको कमी छैन ति मध्येका एक हुन् सरस्वती खतिवडा।

२०५४ मा अछाम जिल्लामा जन्मेकी भलिबलकी खेलाडी सरस्वती खतिवडा हाल नेपाली सेनामा कार्यरत छिन्। सानै उमेरबाट भलिबलमा लगाव राखेकी खतिवडा हाल नेपाल आर्मी क्लबमा छिन्। “विद्यालय पढ्दा जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्डमा प्रतिनिधित्व गरि भलिबल कोर्टमा प्रवेस गरेकि म हाम्रो टिम च्याम्पियन हुदाॅं बेस्ट प्लेयर बने त्यो नै मेरो भलिबल जीवन अगाडी बढाउने महत्वपुर्ण पाटो बन्यो”

२०७२ मा नेपाली सेनामा जोडिएकि खतिवडा ९ महिनाको तालिम पछि २०७५ बाट आर्मीको भलिबल टिममा परिन्। “आर्मीले ममा क्षमता देखेपश्चात मलाई क्लबमा लियो र म सेनापती कपमा छनोट भए” खतिवडाले भनिन्।

“मेरो परिवार भलिबल मेरो करियर बन्छ भन्ने मेरो भनाईमा कहिले पनि विमत रहेन आज जुन सफलता मेरो साथमा छ त्यस सम्म पुग्न उहाॅंहरुको पुर्ण समर्थन रह्यो”अल स्पोर्टस् नेपालसॅंगको कुराकानीका क्रममा उनले भनिन्।

भलिबलको भविष्य राम्रो देख्ने खतिबडाका विचारमा सम्बन्धित निकाय जिम्मेवार रहेमा भलिबल राष्ट्रिय खेल पनि रहेकाले यसको भविष्य उज्वल नै छ। राष्ट्रिय टिममा पुग्नु लक्ष्य राखेकी सरस्वतीको पुरा जीबन नै भलिबलमा समर्पित रहेको उनी बताउछिन्। एएसएन बाट

प्रतिक्रिया