Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दार्चुलामा नेपाली भूमि फिर्ता गर्नुको साटो बाटो बिस्तारमा भारत

दार्चुलामा नेपाली भूमि फिर्ता गर्नुको साटो बाटो बिस्तारमा  भारत

असार २४ दार्चुला । नेपालको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा कब्जा गरेर बसेको भारतले बार्ता र भूमि फिर्ताको साटो सीमा क्षेत्रमा नेपालले निर्माण गरेको बाटो समेत बगाउने गरी महाकाली नदी नै थुनिने गरी धमाधम विष्फोट गराएर ढुंगा लडाईरहेको पाईएको छ ।
भारतले नेपाली सेनाले सदरमुकाम छारुगं र तिंकर जोड्ने घोरेटो बाटो बनाईरहेको छ ।
भारतले आफ्नो तर्फ ठुला बिष्फोट गराएर दिनमा पटक पटक चट्टान नदीमा खसाल्दा महाकाली नै थुनिएर जेष्ठ दोस्रो सातादेखि नेपालले बनाईरहेको सडक मध्य ४५ मिटर बाटै बगाएको छ । उनीहरुले खसालेको ढुंगाले महाकालीको बहाब साघुरिएर तीव्र हुदा नेपालपट्टी होचो भागमा बनिरहेको सडक बगाएको हो । भारतले सडक चौडा बनाईरहेको छ ।

यस बिषयमा हामीले थप जानकारी लिन सम्पर्क गर्न खोज्दा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यलयको समेत नम्बरमा टेलिफोन सम्पर्क हुन सकेन । यस्तै जिल्ला प्रहरी कार्यलयमा समेत सम्पर्क हुन सकेन ।
यस बिषयमा नेपालको परराष्ट्र मन्त्रालयले अहिले सम्म कुनै प्रतिकृया जनाएको छैन ।

भारतले पिथौरागढबाट चीन तिव्वतको मानसरोबर जोड्ने सडक बनाउदा नेपाली भूमिमा समेत नेपाललाई जानकारी समेत नदिई खने पछि नेपालले बिरोध गर्दै आएको छ ।
यति सम्म कि उनीहरुले जानी जानी खसालेको ढुंगा नेपाली सेनाले बनाएको क्याम्प सम्म पनि आईपुग्ने गरेको छ । अत्यन्त जोखिमका बीच सेनाले बाटो निर्माण गरीरहेको छ भने स्थानीयवासीले सहयोग गरीरहेका छन् ।
पछिल्लो समय नेपालले सीमा क्षेत्रमा शसस्त्र को बोर्डर आउटपोष्ट राख्न शुरु गरेको छ ।
सन् २०१९ मा नेपालको भूमि समेटेर नक्सा बनाएको भारतले त्यसको ६ महिना पछि बाटो नै बैशाख २६ गते उद्घाटन गरे पछि नेपालले निरन्तर पत्राचार गर्दै बार्ताको लागि दबाब दिए पनि भारतले बार्ता गर्नुको साटो बाटो बनाउने काम गरीरहेको छ भने नेपालको कुरा सुनिरहेको छैन ।
बरु भारतीय मिडिया र केही बुद्धीजीवीहरुले नेपालले चीनको उक्साहटमा नक्सा ल्याएको भनेर दाबी गरीरहेको छ ।
सन् १९६२ मा चीनसगँको युद्धमा पराजीत भए पछि भारतीय फौज कालापानीको दुई ठाँउमा थपेर राखिएको थियो ।
नेपालले त्यतिखेर भारतलाई उत्तरी सीमा क्षेत्रमा १८ वटा पोष्ट राख्न सहमति दिएको थियो । अन्तबाट फिर्ता गरे पनि कालापानीको दुई ठाँउबाट भने भारतीय सेना फिर्ता भएको थिएन ।

प्रतिक्रिया