Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

खोपको निर्यात रोक्ने भारतको निर्णय, नेपालमा  दोस्रो डोज नपाउने चिन्ता

खोपको निर्यात रोक्ने भारतको निर्णय, नेपालमा  दोस्रो डोज नपाउने चिन्ता

काठमाडौँ- भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाभाइरसको निर्यातमा अस्थायीरुपमा रोक लगाएको स्वास्थ्य मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । देशमा बढ्दो कोरोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको समाचारमा उल्लेख गरिएको छ ।


संक्रमण बढेसँगै केही हप्ता भारतमा नै खोपको उच्च माग हुने भएकाले केही समयका लागि खोपको निर्यात रोक्न लागिएको भनिएको छ । यो कदमलाई अधिकारीहरुले ‘अस्थायी रोक’ भनेका छन् र यसले अप्रिलको अन्त्यसम्म खोपको निर्यातमा असर गर्ने बताइएको छ । यसले कोभ्याक्स योजनाबाट पाइने खोपमा पनि असर गर्ने र यसबाट १९० वटा भन्दा बढी देश प्रभावित हुनेछन् ।


भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्सिटिच्युट अफ इन्डियाले नेपालसहित बेलायत र ब्राजिलमा पनि खोपको आपूर्तिलाई ढिला गरिहेको छ । भारतले हालसम्म ७६ देशमा ६ करोड खोप निर्यात गरिसकेको छ ।

भारतको यो निर्णयसँगै नेपालमा धेरैले खोपको दोस्रो खेप नपाउने सम्भावना बढेर गएको छ । नेपालसँग करिब ७ लाख डोज खोप मात्र बाँकी रहेको छ । जुन पहिलो चरण खोप लगाएकाहरुलाई मात्र पुग्छ ।

कोरोना खोपमा कमिसनको गोलचक्कर स् एजेन्टको चलखेलले समयमै नआउने भयो खोप

सरकारले पहिलो चरणमा भारत सरकारको अनुदानमा १० लाख डोज, नेपाल सरकार आँफैले किनेर १० लाख डोज र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज गरी कुल २३ लाख ४८ हजार डोज कोभ्याक्स खोप नेपालमा भित्रिएको थियो ।

१६ लाख मानिसले कोरोनाविरुद्धको खोप लगाइसक्दा त्यसको दोस्रो डोज दिनका लागि १६लाखभन्दा बढी डोज खोप मौज्दातमै हुनुपर्छ । तर अहिलेको स्थिति त्यो छैन । बाँकी रहेको करिब ७ लाख डोज खापमध्ये पहिलो चरणमा लगाएका मानिसलाई दिन मात्रै पुुग्ने खोप बाँकी छ । बाँकी करिब १० लाख डोज खोपको कुनै ठेगान छैन ।

नेपाल सरकारले भारतको सिरम इन्स्टीच्युटसँग खरिद गर्नका लागि सम्झौता गरी ८० प्रतिशत रकम पठाइसकेको भएपनि आउन बाँकी १० लाख डोज भने समयमै उपलब्ध गराउन नसक्ने जवाफ दिएको छ ।

प्रतिक्रिया