Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

११६ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किदै यस्ता छन ५ परिवर्तन

११६ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किदै यस्ता छन  ५ परिवर्तन

१ सय १६ दिनको पर्खाइपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा बुधबारदेखि फर्किदैछ। बुधबार इंग्ल्यान्ड र वेस्ट इन्डिजले तीन टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्ट खेल्दैछन्।

कोरोना भाइरसका कारण गत मार्चदेखि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेट ठप्प भएका थिए। अस्ट्रेलिया र न्युजिल्यान्डबीच गत मार्च १३ भएको प्रतिस्पर्धा नै कोरोना भाइरसअघिको अन्तिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो। सो एकदिवसीय सिरिजको दुई खेल बाँकी छदा कोरोनाभाइरस कारण सिरिज रद्द गरिएको थियो।

झण्डै चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नलाई वेस्ट इन्डिज टिम एक महिनअघि इंग्ल्यान्ड पुगेको थियो। त्यहाँ पुग्नुअघि सबै खेलाडीको कोरोनाको टेस्ट गरिएको थियो भने त्यहाँ पुगेर पनि खेलाडीहरु क्वारेन्टिमा बसेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोरोनाले प्रभावित क्रिकेट फर्काउनका लागि केहि नियममा नै परिवर्तन गरेको छ। बुधबार इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्टमा ती अन्तरिम नियम लागू हुनेछन्।

आइसिसीले अन्तरिम नियम बनाएपछि मैदानमा देखिने पाँच परिवर्तन यस्ता छन्:-

१. किक्रेट बल चम्काउन लागि थुक लगाउन नपाइने नियम बनाइएको छ। थुक लगाएर बल चम्काउदा कोरोना भाइरस सर्न सक्ने भन्दै थुक लगाउन नपाइने नियम बनाइएको हो। यदि थुक लगाए अम्पायारले चेतवानी दिनेछन्। दुई पटक चेतावनी दिँदा पनि नमान्ने टिमलाई पाँच रन पेनाल्टी दिइनेछ।

२. एक टिमले एक इनिङमा तीन पटक रिभ्यू लिन पाउनेछ। आइसिसीले स्थानीय अम्पायरले पनि खेल खेलाउन सक्ने नियम बनाएका कारण रिभ्यू थप गरिएको हो।

३. खेलाडी परिवर्तन गर्न पाइने अर्को अन्तरिम नियम हो। विशेष कोभिड-१९ सब्स्टिच्युट नाम दिएको यो नियमअनुसार कोही खेलाडीलाई कोरोनाको लक्षण देखिएर परीक्षण गर्न परेमा तत्काल खेलाडी परिवर्तन गर्न पाइनेछ।

४. खेलका दौरान सामाजिक दूरी कायम राख्नु पर्नेछ। खेलाडीले खुसी मनाउने क्रममा अरु खेलाडीको शरीर छुन पाउनेछैनन्। यस्तै खेलाडीको क्याप, स्विटर, चस्मा लगायतका सामग्री अम्पायरले बोक्न पाउनेछैनन्।

५. खेलाडी र अम्पायरले नियमित रुपमा हात स्यानिटाइज गर्नु पर्नेछ। बलमा भाइरस टाँसिन सक्ने भएकाले मैदानमै स्यानिटाइजरको व्यवस्था गरिनेछ।

प्रतिक्रिया