Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

११६ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किदै यस्ता छन ५ परिवर्तन

११६ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किदै यस्ता छन  ५ परिवर्तन

१ सय १६ दिनको पर्खाइपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा बुधबारदेखि फर्किदैछ। बुधबार इंग्ल्यान्ड र वेस्ट इन्डिजले तीन टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्ट खेल्दैछन्।

कोरोना भाइरसका कारण गत मार्चदेखि सबै खाले अन्तर्राष्ट्रिय क्रिकेट ठप्प भएका थिए। अस्ट्रेलिया र न्युजिल्यान्डबीच गत मार्च १३ भएको प्रतिस्पर्धा नै कोरोना भाइरसअघिको अन्तिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो। सो एकदिवसीय सिरिजको दुई खेल बाँकी छदा कोरोनाभाइरस कारण सिरिज रद्द गरिएको थियो।

झण्डै चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नलाई वेस्ट इन्डिज टिम एक महिनअघि इंग्ल्यान्ड पुगेको थियो। त्यहाँ पुग्नुअघि सबै खेलाडीको कोरोनाको टेस्ट गरिएको थियो भने त्यहाँ पुगेर पनि खेलाडीहरु क्वारेन्टिमा बसेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोरोनाले प्रभावित क्रिकेट फर्काउनका लागि केहि नियममा नै परिवर्तन गरेको छ। बुधबार इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्टमा ती अन्तरिम नियम लागू हुनेछन्।

आइसिसीले अन्तरिम नियम बनाएपछि मैदानमा देखिने पाँच परिवर्तन यस्ता छन्:-

१. किक्रेट बल चम्काउन लागि थुक लगाउन नपाइने नियम बनाइएको छ। थुक लगाएर बल चम्काउदा कोरोना भाइरस सर्न सक्ने भन्दै थुक लगाउन नपाइने नियम बनाइएको हो। यदि थुक लगाए अम्पायारले चेतवानी दिनेछन्। दुई पटक चेतावनी दिँदा पनि नमान्ने टिमलाई पाँच रन पेनाल्टी दिइनेछ।

२. एक टिमले एक इनिङमा तीन पटक रिभ्यू लिन पाउनेछ। आइसिसीले स्थानीय अम्पायरले पनि खेल खेलाउन सक्ने नियम बनाएका कारण रिभ्यू थप गरिएको हो।

३. खेलाडी परिवर्तन गर्न पाइने अर्को अन्तरिम नियम हो। विशेष कोभिड-१९ सब्स्टिच्युट नाम दिएको यो नियमअनुसार कोही खेलाडीलाई कोरोनाको लक्षण देखिएर परीक्षण गर्न परेमा तत्काल खेलाडी परिवर्तन गर्न पाइनेछ।

४. खेलका दौरान सामाजिक दूरी कायम राख्नु पर्नेछ। खेलाडीले खुसी मनाउने क्रममा अरु खेलाडीको शरीर छुन पाउनेछैनन्। यस्तै खेलाडीको क्याप, स्विटर, चस्मा लगायतका सामग्री अम्पायरले बोक्न पाउनेछैनन्।

५. खेलाडी र अम्पायरले नियमित रुपमा हात स्यानिटाइज गर्नु पर्नेछ। बलमा भाइरस टाँसिन सक्ने भएकाले मैदानमै स्यानिटाइजरको व्यवस्था गरिनेछ।

प्रतिक्रिया