Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मोदीको बंगलादेश भ्रमणः विरोध प्रदर्शनमा १२ जना मारिए

मोदीको बंगलादेश भ्रमणः विरोध प्रदर्शनमा १२ जना मारिए

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवादास्पद बंगलादेश भ्रमणको विरोधमा बंगलादेशमा भएका विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनमा परी कम्तिमा १२ जना प्रदर्शनकारीको मृत्यु भएको छ। मोदीले शुक्रबार ढाकाको दुई दिने भ्रमण गरेका थिए। मोदी शनिबार दिल्ली फर्किसकेका छन्। तर उनको भ्रमणको विरोधमा आइतबार पनि बंगलादेशमा व्यापक विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ। आइतबार थप २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

विगत तीन दिनमा बंगलादेशमा प्रदर्शनमा मारिने प्रदर्शनकारीको संख्या १२ पुगेको बीबीसीले जनाएको छ। भारतमा मोदी सरकारले ल्याएको कानुनले अलपसंख्यक मुस्लिमहरुमाथि ज्यादती भएको भन्दै बंगलादेशमा मोदी सरकारको विरोध हुँदै आएको छ। बंगलादेशका संस्थापक शेख मुजिब उर रहमानको सयौं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी ढाका पुगेका हुन्। मोदीको ढाका भ्रमण तय भएसँगै बंगलादेशमा विरोध प्रदर्शन शुरु भएको थियो।

उता मोदीको भ्रमणको विरोध भएपछि बंगलादेशमा सामाजिक सञ्जाल फेसबुकमाथि नियन्त्रण गरिएकोसमेत खुलासा भएको छ। फेसबुकले एक बयान जारी गर्दै बंगलादेशमा फेसबुकलाई सिमित पारिएको बताएको थियो। तर बंगलादेशी सरकारले मोदीको भ्रमणलाई उच्च महत्व दिएको थियो। मोदीले पनि बंगलादेशलाई भारत सरकारले गर्ने विभिन्न सहयोगको घोषणा गरेका थिए। तत्कालिन पाकिस्तानलाई टुक्र्याएर बंगलादेश निर्माण गर्नमा भारतको प्रमुख हात रहेको छ। भारतले नै पाकिस्तानलाई टुक्र्याँदै बंगलादेश निर्माणका लागि पाकिस्तानसँग युद्ध गरेको थियो।

प्रतिक्रिया