Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मोदीको बंगलादेश भ्रमणः विरोध प्रदर्शनमा १२ जना मारिए

मोदीको बंगलादेश भ्रमणः विरोध प्रदर्शनमा १२ जना मारिए

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवादास्पद बंगलादेश भ्रमणको विरोधमा बंगलादेशमा भएका विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनमा परी कम्तिमा १२ जना प्रदर्शनकारीको मृत्यु भएको छ। मोदीले शुक्रबार ढाकाको दुई दिने भ्रमण गरेका थिए। मोदी शनिबार दिल्ली फर्किसकेका छन्। तर उनको भ्रमणको विरोधमा आइतबार पनि बंगलादेशमा व्यापक विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ। आइतबार थप २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

विगत तीन दिनमा बंगलादेशमा प्रदर्शनमा मारिने प्रदर्शनकारीको संख्या १२ पुगेको बीबीसीले जनाएको छ। भारतमा मोदी सरकारले ल्याएको कानुनले अलपसंख्यक मुस्लिमहरुमाथि ज्यादती भएको भन्दै बंगलादेशमा मोदी सरकारको विरोध हुँदै आएको छ। बंगलादेशका संस्थापक शेख मुजिब उर रहमानको सयौं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी ढाका पुगेका हुन्। मोदीको ढाका भ्रमण तय भएसँगै बंगलादेशमा विरोध प्रदर्शन शुरु भएको थियो।

उता मोदीको भ्रमणको विरोध भएपछि बंगलादेशमा सामाजिक सञ्जाल फेसबुकमाथि नियन्त्रण गरिएकोसमेत खुलासा भएको छ। फेसबुकले एक बयान जारी गर्दै बंगलादेशमा फेसबुकलाई सिमित पारिएको बताएको थियो। तर बंगलादेशी सरकारले मोदीको भ्रमणलाई उच्च महत्व दिएको थियो। मोदीले पनि बंगलादेशलाई भारत सरकारले गर्ने विभिन्न सहयोगको घोषणा गरेका थिए। तत्कालिन पाकिस्तानलाई टुक्र्याएर बंगलादेश निर्माण गर्नमा भारतको प्रमुख हात रहेको छ। भारतले नै पाकिस्तानलाई टुक्र्याँदै बंगलादेश निर्माणका लागि पाकिस्तानसँग युद्ध गरेको थियो।

प्रतिक्रिया