Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

काठमाडौं - नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।


नेपाल खेलको सुरुवातदेखि नै हावी भएको थियो । खेलको १७ औं मिनेटमा नेपालका अनन्त तामाङको हेडर बंगलादेशी गोलकिपर अनिसुर रहमानले मुस्बिलले बचाउँदा नेपालले कर्नर पायो ।

त्यसपछि सुनील बलले प्रहार गरेको कर्नर बंगलादेशी खेलाडीले क्लियर गर्न सकेनन् । त्यसैमा अनमार्क रहेका सन्जोग राईले १८ औं मिनेटमा  गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनको यो राष्ट्रिय टिममा पहिलो गोल हो ।

नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गरेका थिए । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

३० औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो । अञ्जन विष्टले बंगलादेशी गोलकिपर अघि बढेको अवस्थामा पेनाल्टी एरियाभित्रबाट गरेको सामान्य प्रहार पोष्टमाथिबाट बाहिरियो ।

यस्तै ४२ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासका संजोग राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले उत्कृष्ट गोल गरे । सन् २०१५ अगष्ट २१ मा भारतविरुद्ध खेल्दै डेब्यु गरेका विशालले नेपालका लागि गरेको यो चौथो गोल हो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालको खेल दोस्रो हाफमा सुस्त रह्यो । उता बंगलादेशले भने दोस्रो हाफमा गोल फर्काउने प्रयासमा लागेको थियो ।

६७ औं मिनेटमा बंगलादेशका यासिन अराफातको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ८३ औं मिनेटमा महबुर रहमानले गोल गर्दै खेल २(१ को स्थितिमा पुर्‍याए । कप्तान जमन भुएनको कर्नरमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रहमानले उत्कृष्ट हेडर गोल गरेका थिए ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो ।

नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।

पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो । २१ वर्षपछि नेपालले त्यस हारको बदला पनि दशरथ रंगशालामै लियो ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट नेपाली टिममा दुई परिवर्तन गर्दै अभिषेक रिजाल र रवि पासवानको ठाउँमा विशाल राई र सुनील बललाई सोमबार पहिलो रोजाइमा खेलाएका थिए ।

यसै महिना तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले विश्वकप छनोट तयारीलाई मध्यनजर गर्दै थ्री नेसन्स कप फुटबल आयोजना गरेको हो ।

प्रतिक्रिया