ताजा अपडेट
सुदूरपश्चिममा कोरोना संक्रमण घट्दै, आज थप ५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा शुक्रवार पाँच जनामा कोरोना पुष्टि भएको छ। मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ५ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौँमा भएको परीक्षणमा डोटी र कैलालीका एक÷एक जना र दैलेखमा भएको परीक्षणमा बाजुराका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामको बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ३ का २६ बर्षिय युबक र कञ्चनपुरको बेल्डाडीका २१ बर्षिय युवकमा कोरोना देखिएको हो ।
उनले पछिल्लो २४ घण्टामा २४१ नमुना परिक्षण गरिएको बताए । पछिल्लो केही दिन यता संक्रमण घट्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार असार २२ गते सुदूरपश्चिममा १३ जना, २३ गते एक सय ११ जना, २४ गते ६९ जना र २५ गते ३५ जनामा कोरोना पुष्टि भएको छ। असारको दोस्रो सातामा सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमति भेटिएका थिए।
प्रदेशमा सबैभन्दा बढि एकैदिन ५ सय १५ जनामा कोरोना पुष्टि भएको थियो। यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ११ पुगेको छ। धनगढी खबरबाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया