ताजा अपडेट
कैलालीमा मास्क नलगाई सडकमा निस्कने चार हजार जना कारबाहीमा परे !
धनगढी : कैलालीमा मास्क प्रयाग नगरी सडकमा निस्कने चार हजार जना भन्दा बढीलाई प्रहरीले कारर्वाही गरेको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क अनिवार्य गर्नेबारे निर्देशन गरेसँगै देशभर मास्क नलगाई सडकमा आउनेलाई कारबाही थालिएको हो ।
कैलालीमा बिहीबार एक हजार पचास, शुक्रबार एक हजार पाँच सय ३७ र शनिबार एक हजार पाँच सय बढीलाई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
मास्क नलगाई हिँड्नेलाई होल्ड गरेर सम्झाई-बुझाई गरेर छोड्ने गरेको बताए । अहिलेलाई जरिवाना गर्ने गरिएको छैन। मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गर्ने गरिएको विष्टले बताए।
जिल्लामा कोरोनाबाट बच्ने उपायबारे जनचेतनाका लागि माइकिङ समेत गरिरहेको उनले बताए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया